पथरी उद्योग वाणिज्य संघका महासचिव बस्नेत निलम्वित - Crazysaptahik.com

पथरी उद्योग वाणिज्य संघका महासचिव बस्नेत निलम्वित

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिकामा स्थापित पथरी उद्योग वाणिज्य संघ (पथरी उवा संघ)का महासचिव राजेन्द्र बस्नेत निलम्बित भएका छन् ।

महासचिव बस्नेतले सार्वजनिक संस्थामा कार्यालय सचिवको रुपमा कार्यरत किशोरीलाई फेसबुक च्याटिङ मार्फत् पटक पटक घुम्न जाउँ, उतै बसांै, सपिङ गरिदिन्छु, टिकटक बनाउ भनेपछि बस्नेत निलम्वित भएका हुन् । किनकि ती च्याटिङ किशोरीको इच्छा विपरित थियोे ।
बस्नेतको इन्छा विपरित डेटिङ प्रस्ताव अस्वीकार गरेपनि पटक पटक यही आसायको च्याटिङ आएपछि ती किशोरीले भदौ ७ गते उद्योग वाणिज्य संघको कार्यवाहक अध्यक्ष यादवचन्द्र दुलाललाई च्याटिङको कुराकानी प्रिन्ट सहित आफूमाथि भएको दुर्व्यवहारप्रति छानविन गरेर न्याय दिन माग गरेकी थिइन् ।

किशोरीले बस्नेतले व्यक्तिगत अस्मितामा आँच आउने भावको म्यासेज पठाएर तनाव दिएको निवेदनमा उल्लेख छ । किशोरीको निवेदनमा आवश्यक परे मोवाइलको म्यासेज र रेकर्ड देखाउने भन्दै गहिरो अध्ययन गरेर आफूमाथि भएको दुव्र्यवहार र अन्यायप्रति न्याय दिन अनुरोध गरेकी थिइन् ।

किशोरीले दिएको निवेदन बारे छलफल गर्न कार्यवाहक अध्यक्ष यादबचन्द्र दुलालले शुक्रबार बैठक राखेका थिए । उक्त बैठकमा बस्नेत अनुपस्थित भएपछि सो बैठक स्थगित भएको अध्यक्ष दुलालले जानकारी दिए ।

सो विषयमा आइतबार (भदौ १०) गते बैठक बसेर बस्नेतलाई महासचिव पदबाट निलम्बन गरिएको पथरी उद्योग वाणिज्य संघको कार्यवाहक अध्यक्ष यादवचन्द्र दुलालले जानकारी दिए । बस्नेतलाई निलम्बन गर्न बैठकमा पथरी उवा संघको पूर्व अध्यक्ष दीपक बस्नेत, पूर्व उपाध्यक्ष समेत रहनुभएकी नगरको निवर्तमान उपप्रमुख यमुना बिष्ट, समाजसेवी माधव कोइराला, व्यवसायी उमेश विष्ट लगायतको उपस्थिति रहेको थियो ।

यस किसिमको इच्छा विपरित पटक पटक डेटिङ प्रस्ताव गर्नु महिला हिंसा वा अपराध मानिन्छ । किशोरीले उजुरी गरेको खण्डमा महिला हिंसा मेलमिलाप गराउने र रोहवरमा बस्नेलाई पनि नेपालको कानुनले अपराधको रुपमा लिनेगरेको छ ।

सम्बन्धित खवर