‘केजीएफ’ वितरण गरेको जर्मनीको लोकाह कम्पनीले ‘प्रेमगञ्ज’लाई युरोपमा रिलिज गर्ने

फिल्म ‘प्रेमगञ्ज’ नेपालसहित युरोपमा रिलिज हुने भएको छ । ‘कबड्डी ४’पछि स्वदेशसहित युरोपका अधिकांश देशमा फिल्म प्रदर्शन हुन लागेको हो । निर्माताका अनुसार व्यावसायिक युरोपेली हलमै फिल्म प्रदर्शन हुनेछ । जर्मनीको लोकाह फिल्म इन्टरटेनमेन्टले प्रदर्शन अधिकार खरिद गरिसकेको छ । कम्पनीको आधिकारिक वेबसाइटका अनुसार यही कम्पनीले दक्षिण भारतीय फिल्म ‘केजीएफ

‘राधा’ ट्रेलर : गुमनाम पति फर्कने आशामा सृष्टि

गुमनाम भएका पतिको पर्खाइ कति पीडादायक हुन्छ ? वर्षौंदेखि पति घरमा नआउँदा समाजले के भन्छ ? यसको छिनोफानो पति आउला भनेर धैर्य गर्नु नै हो कि आफूले स्वतन्त्र बाटो रोज्नु ? फिल्म ‘राधा’को आइतबार रिलिज भएको ट्रेलरले यी प्रश्नको उत्तर दिन्छ । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरमा एकल महिलालाई

दीया पुनको नयाँ फिल्म ‘अन्तिम संस्कार’मा जोडिए विजय र एवनराज

दीया पुनको मुख्य भूमिका रहने नयाँ फिल्म ‘अन्तिम संस्कार’को औपचारिक शीर्षक र लोगो पोस्टर सार्वजनिक भएको छ । आइतबार इन्स्टाग्राम र आधिकारिक वेबसाइटमार्फत पोस्टर सार्वजनिक गर्दै दीयाले फिल्मको सिनोप्सिस (सारांश) पनि उल्लेख गरेकी छन् । हराएको फिल्म निर्मातालाई खोज्न निस्किएको एक जँड्याहा प्रहरी अधिकृतको टोली र उक्त खोजीमा आइलाग्ने हिमाली

१० लाख पारिश्रमिकमा नीतिले साइन् गरिन् ‘एक्स नाइन’, अनमोलसँग जोडी बाँध्ने

मोडल नीति शाह फिल्म ‘एक्स नाइन’मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता तथा निर्देशक मुकुन्द भट्टसँग उनको यसबारे लिखित सहमति भएको छ । १० लाख रुपैयाँ पारिश्रमिक (करबाहेक)मा उनले फिल्ममा साइन गरेको जनाइएको छ । यो एक्सन फिल्मको मुख्य पुरुष पात्रमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् । अनमोल

फिल्म ‘ए मेरो हजुर–४’ अमेरिकामा पनि प्रदर्शन हुने

अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर–४’ शुक्रवारदेखि अमेरिकाको टेक्सासमा प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशन रहेको फिल्म टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शन हुने डालस वितरक सुरेश दर्पण पोखरेलले जानकारी दिए । सुनिलकुमार थापाद्वारा निर्मित फिल्म अमेरिकाका हलमा नियमित शो पाउनुलाई नेपाली फिल्म क्षेत्रकै लागि उत्साहजनक हो

‘चंगाचेट २’ : शर्मिला, दीपेन्द्र र अर्पण थापाबीच पुनः सहकार्य

चार वर्षअघिको हिट फिल्म ‘चंगाचेट’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको शीर्षक ‘चंगाचेट २’लाई शुक्रबार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । यो फिल्ममा पनि पाण्डेले निर्देशक दीपेन्द्र के खनालसँग सहकार्य गर्ने भएकी छन् । खनालकै निर्देशन रहने फिल्मको प्रमुख कलाकारमा अर्पण थापा फाइनल

दीपक–दीपाको नयाँ फिल्मको नायिकामा बेनिशा र मलिना अनुबन्धित

दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्मको दुई प्रमुख महिला पात्रमा बेनिशा हमाल र मलिना जोशी अनुबन्धित भएका छन् । दीपकको जोडीको रुपमा बेनिशा र सहायक अभिनेत्रीको रुपमा पूर्वमिस नेपाल समेत रहेकी मलिना फिल्ममा जोडिएका हुन् । हेमराज बीसीले निर्देशन गर्ने फिल्मको कलाकारको समीकरण पनि लगभग टुंगिएको छ । दीपक,

फिल्म ‘म’को ट्रेलर : अस्पतालमा भर्ना भएको बिरामीको आपराधिक योजनाको कथा

सुवर्ण थापा निर्देशित फिल्म ‘म’को ट्रेलर रिलिज भएको छ । बिहीबार सार्वजनिक ट्रेलरमा अस्पतालमा भर्ना भएको एक बिरामीले त्यहाँबाट गर्ने आपराधिक योजनाको चित्रण गर्छ । फिल्मको केन्द्रीय पात्र सञ्जोग रसाइली हुन् । ट्रेलरमा पनि उनले यथेष्ट स्थान पाएका छन् । कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी सञ्जोगको यो डेब्यु फिल्म समेत हो

‘छड्के २’ मा रविन तामाङ जोडिए, भिटेनले गीत गाउने

फिल्म ‘छड्के २’का प्रमुख कलाकारमा रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा पनि जोडिएका छन् । ५० लाख रुपैयाँ पारिश्रमिकसहित अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् । फिल्ममा नयाँ नायिका अनुबन्धित भएकी छन् । उनीसहितका अन्य कलाकारबारे खुलाइएको छैन । अहिले चितवनमा भइरहेको कार्यशालामा अनमोलसहितका कलाकार समेत सहभागी छन्

‘माइकल अधिकारी’को ट्रेलर : पैसाको लागि मातृत्व बेच्ने दम्पतीको कथा

‘सरोगेसी’ अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने विधिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । गोपीकृष्ण मुभिजले निर्माण गरेको फिल्मको मुख्य भूमिकामा सौगात मल्ल, सृष्टि श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर र एनी कुँवरको अभिनय छ । ‘क्राइम पेट्रोल’ र ‘सावधान इन्डिया’ फेम्ड रञ्जित रौनियार निर्देशित फिल्ममा कमेडी