
‘प्रकाश’को पोस्टर सेयर गर्दै दीयाले भनिन्– अभिनेत्री बन्ने यो सुन्दर समय !
अभिनेत्री दीया मास्केले नेपाली फिल्ममा प्रस्तुत गरिने महिला चरित्रलाई लिएर असन्तुष्टि जनाएकी छन् । आफू अभिनित फिल्म ‘प्रकाश’को पात्र पोस्टर बुधबार सार्वजनिक गर्दै उनले पछिल्ला फिल्ममा महिला चरित्रलाई फिल्म आख्यानमा स्थापित गर्न लागिएको समेत बताएकी छन् । उक्त पात्र पोस्टरमा दीयालाई हलोजुवा बोकेर उभिएकी जुम्लाकी महिलाको चरित्रमा देख्न सकिन्छ ।