
गाउँ डुल्दैछन् विपिन र नम्रता, स्थानीय लवज र भेषभूषा सिक्दै
सामाजिक र प्रेमकथामा आधारित हुने फिल्म ‘प्रसाद २’ छायांकनको तयारीमा छ । अहिले कलाकारहरु बागलुङ र कास्कीका गाउँ–गाउँमा पुगेर त्यहाँको रहनसहन र लवज सिक्दैछन् । आफूलाई चरित्रमा बदल्न नम्रता श्रेष्ठ, विपिन कार्की, राज कटुवाल, कमलमणि नेपाल लगायतको कलाकार टोली गाउँमा पुगेका हुन् । उनीहरु यसैसाता बागलुङ बजार नजिकको भकुण्डे गाउँमा