केकी र आँचल अभिनित ‘झिंगेदाउ’को टाइटल टिजर : सिक्का र झिंगामार्फत चरित्र चित्रण

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ’झिंगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ । निर्देशक देउजाले यसबाट फिल्मको कथासार बुझाउन खोजेको बताए । ३० सेकेन्डको टिजरमा झिंगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारी चिच्याएको आवाज प्रस्तुत छ । भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म भीमनिधि तिवारीको नाटकमा आधारित छ । केकीसहित

भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पीभीआरले ‘कबड्डी ४’ रिलिज गर्ने

नेपालसहित विश्वभरको डायस्पोरामा उछाल ल्याएको फिल्म ‘कबड्डी ४’लाई भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ । पीभीआरले रामबाबु गुरुङ निर्देशित फिल्मलाई शुक्रबारदेखि आफ्ना भारतीय आउलेटमा प्रदर्शन गर्न लागेको हो । पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ शुक्रबार रिलिज हुन लागेको जानकारी दिएको छ ।

दयाहाङको फिल्म ‘के घर के डेरा’को छायांकन सकियो

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ । मंगलबार काठमाडौंको कला परिषद् परिसरमा अन्तिम दिनको छायांकन गरियो । ३३ दिनमै फिल्मको ‘इन्ड–क्ल्याप’ भएको निर्देशक खनालले जानकारी दिए । ‘मेरो सोचअनुसार नै फिल्म पूरा भएको छ,’ उनले भने, ‘कलाकारले राम्रो साथ दिएकाले पनि राम्रो नतिजा दिनेमा

‘गोर्खा’को ट्रेलर :हिटलर सेनाविरुद्ध गोर्खाली बहादुरीको कथा

भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापाको जीवनमा आधारित फिल्म ‘गोर्खा’को ट्रेलर सोमबार रिलिज भएको छ । फिल्मको अंग्रेजी नाम ‘बिनिथ द ब्रेभरी’ हो । भदौ २४ गते प्रदर्शन हुने फिल्ममा थापाले जर्मन सेनासँगको युद्धमा देखाएको पराक्रमलाई चित्रण गरिएको छ । प्रदीप शाही निर्देशित फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट

‘प्रेमगञ्ज’को शीर्ष गीत : हिरोले हिरोइनलाई नछोइकनै प्रेमभाव प्रकट

परिच्छेद सेनको डेब्यु निर्देशन रहेको फिल्म ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाललाई देख्न सकिन्छ । फिल्मले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन् भने प्रशन र

‘कृष्णलीला’ फिल्मको गीतमा रोमान्टिक पुष्प र श्रद्धा

मनाङको तिलिचो क्षेत्रमा छायांकन गरिएको फिल्म ‘कृष्णलीला’को नयाँ गीत ‘ए मेरो हजुर’ रिलिज भएको छ । शुक्रबार विश्वज्योति हलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित फिल्मका कास्ट एण्ड क्रिउले रोमान्टिक गीत सार्वजनिक गरे । बबुल गिरीले संगीत गरेको गीतमा रवि ओड र सुनिता कार्कीले स्वर दिएका छन् । पुष्प खड्का र श्रद्धा

‘सरोगेसी’को कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’ भदौ ३ मा

‘सरोगेसी’ अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने पद्धतिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ । राप्रपा नेता समेत रहेका उद्धव पौडेलले निर्माण गरेको फिल्म भदौ ३ गते देशव्यापी रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै मिति तय गरेका हुन् । गोपीकृष्ण मुभिजको ब्यानरमा

सौगात मल्लको ‘लाखे’ भदौ ३१ मा आउने, ‘बाबरी’सँग भिडन्त निश्चित

सौगात मल्ल, आर्यन अधिकारी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै भदौ ३१ गतेलाई रिलिज मिति घोषणा गरेका हुन् । यो एक्सन–थ्रिलर फिल्मको बक्स अफिस भिडन्त अब सोही मितिमा आउने अर्को फिल्म ‘बाबरी’सँग हुनेछ । फिल्मलाई सम्राट बस्नेतले

‘दोख’को दोस्रो टिजर : बन्दुक र युद्धको छायाँमा मौलाएको दीया र मनिषको प्रेम

अनुप बराल निर्देशित फिल्म ‘दोख’को दोस्रो टिजर युट्युबमा सार्वजनिक भएको छ । १ मिनेट २२ सेकेन्ड लामो टिजरमा दीया मास्के, मनिष निरौला लगायतलाई चित्रण गरिएको छ । गाउँको विद्यालयका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीचको सम्बन्धलाई दर्शाउन टिजरमा प्रयत्न गरिएको छ । दुवै जनालाई दुश्मन बताउँदै माओवादी लडाकुले गरेको कुटपिटलाई

‘राधा’को नयाँ पोस्टर सार्वजनिक, हराएका पतिको खोजीमा सृष्टि

सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘द सिक्रेट्स अफ राधा’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा सृष्टिले एकल आमाको भूमिका निर्वाह गरेकी छन् । सार्वजनिक पोस्टरमा उनी हराएका पतिको खोजीमा निस्किएको देखिन्छ । सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ श्यामश्वेत प्रविधिमा निर्माण गरिएको छ । भदौ १० गते रिलिज हुने फिल्मका निर्माता