‘कबड्डी ४’लाई ५ लाख दर्शकले हेरे, यी हुन् ‘ब्लकबस्टर’ हुनुका ८ कारण

वितरकका अनुसार ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा १७ करोड ६५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । ११ दिनमा फिल्मले उक्त कमाइ गरेको वितरक र निर्माताले जानकारी दिएका छन् । १७ करोडलाई दर्शकीय मूल्यमा रुपान्तरण गर्दा ५ लाख जनाले ‘कबड्डी ४’ हेरेको अनुमान छ । ‘कबड्डी’ चौथो सिक्वेलले यतिविधि व्यापार

खगेन्द्रको ‘पानीफोटो’ साउनमा

अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यु फिल्म ‘पानीफोटो’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी १० भदौ प्रदर्शनमा आउन लागेको फिल्म सरेर १३ साउनमै आउने भएको हो । निर्देशक समेत रहेका अभिनेता खगेन्द्रले फिल्म १३ साउन उपयुक्त मिति देखेर रिलिज गर्न लागेको बताए । अभिनेता खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’लाई

दीपेन्द्र निर्देशित ‘चिसो मान्छे’लाई युनिभर्सल सर्टिफिकेट

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । रिलिज हुन दुई साता बाँकी रहँदा फिल्म सेन्सर पास भएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै ‘चिसो मान्छे’लाई सबै उमेरका दर्शकले हेर्न सक्नेछन् । फिल्मबारे सेन्सर बोर्डका कर्मचारीबाट प्रातिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक खनालले बताए । आगामी

सृष्टि श्रेष्ठको ‘राधा’ भदौ १० मा, खगेन्द्रको ‘पानीफोटो’ साउन १३ मा रिलिज हुने

सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘द सिक्रेट्स अफ राधा’को प्रदर्शन मिति अगाडि सारिएको छ । पूर्वनिर्धारित मिति भदौ २४ गतेभन्दा झण्डै दुई साताअघि नै फिल्म रिलिज हुने भएको छ । फिल्मले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ रिलिज मितिको रुपमा तय गरेको छ । फिल्मको पोस्टरमा सृष्टिले काखमा

‘कबड्डी ४’ विदेशमा : अस्ट्रेलियामा एक करोड ग्रस, भारत रिलिज चुनौतीपूर्ण

‘कबड्डी ४’ले नेपाली डायस्पोरामा कीर्तिमानी कमाइ गरेको छ । प्रदर्शनको नौ दिनमा फिल्मले अस्ट्रेलियाका आठ राज्यबाट एक करोड रुपैयाँ ग्रस कमाएको छ । ‘जात्रैजात्रा’को कमाइलाई पनि दयाहाङ राई स्टारर फिल्मले उछिनेको छ । यो कमाइ कुनै नेपाली फिल्मले अस्ट्रेलियामा मात्र नभएर डायस्पोरा बक्स अफिसमा बटुलेको उच्च रकम हो । नौ

‘छक्कापञ्जा ४’ निर्देशन गर्दै हेमराज बीसी

‘छक्कापञ्जा ४’ फिल्मलाई हेमराज बीसीले निर्देशन गर्ने भएका छन् । निर्माता र निर्देशक बीसीबीच लिखित सहमति भएको छ । अहिले निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् । आगामी साता फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी भइरहेको गिरीले बताए । ‘निर्देशकको रुपमा हेमराज बीसी कन्फर्म

पूजा–आकाशको ‘सम्झना बिर्सना’ असार ३१ मा रिलिज हुने

प्रेमकथामा आधारित फिल्म ‘सम्झना बिर्सना’को नयाँ प्रदर्शन मिति तय भएको छ । स्थानीय तह चुनावका कारण पूर्वनिर्धारित रिलिज मिति स्थगित भएको थियो । अब भने यो फिल्म ३१ असारमा प्रदर्शन हुनेछ । पूजा शर्मा र आकाश श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्मको निर्देशन निमेश प्रधानले गरेका हुन् । अद्वितीय प्रधानको प्रस्तुति

‘प्रेमगीत ३’को हिन्दी संस्करण ‘विश्वजितम’, असोज ७ मा नेपाल र भारतमा एकसाथ

नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ । फिल्मको हिन्दी संस्करणले भारतीय निर्माता संघबाट उक्त शीर्षक प्राप्त गरेको जानकारी आशुसेन फिल्म्सले जानकारी दिएको छ ।निर्माता सन्तोष सेनले विश्वजितम फिल्म भारतीय निर्माता संघमा दर्ता भएको जानकारी दिए । सम्भवतः पहिलोपटक कुनै नेपाली फिल्म हिन्दी भाषामा भारतमा प्रदर्शन

‘लण्डन टु पेरिस’मा भित्रिए निश्चल, साम्राज्ञीसँग जोडी बाँध्ने

साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्माको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा दुई नायक भित्रिएका छन् । नन–एक्टर निश्चल खड्का र ‘लम्फू’बाट डेब्यु गरेका कबीर खड्का अनुबन्धित भएका हुन् । ‘धौली’ फेम्ड निर्देशक घनश्याम लामिछानेले दुई पुरुष कलाकारलाई फाइनल गरिएको बताए । विज्ञापन र मोडलिङमा काम गरिसकेका निश्चलले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स

उच्च अदालतले पललाई थुनामै राख्‍न आदेश दिएपछि ‘सत्यम्’को छायांकन अनिश्चित

अभिनेता पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी उच्च अदालत पोखराले पनि आदेश दिएपछि फिल्म ‘सत्यम्’ छायांकन पुनः अनिश्चित बनेको छ । पल रिहा भएपछि छायांकनमा जाने आशामा रहेका निर्माताको योजना अन्योलग्रस्त बनेको हो । पलको म्यानेजर समेत रहेका र यसअघि धरौटीमा रहेका कृष्ण जोशीले शुक्रबार बिहान पोस्ट