
‘कबड्डी–४’ले महामारीयताकै उच्च ओपनिङ गर्ने संकेत, ‘केजीएफ–२’भन्दा धेरै शो
‘कबड्डी’ फिल्मको चौंथो श्रृंखलाले नेपाली बक्स अफिसमा कोरोना महामारीयताकै उच्च ओपनिङ गर्ने संकेत दिएको छ । सिनेमा हलमा प्राप्त शो र अग्रिम टिकट बिक्रीको ट्रेण्ड हेर्दा दयाहाङ राई स्टारर फिल्मको पहिलो सप्ताहन्त ओपनिङ अनुमानित चार करोड रुपैयाँ हुने प्रक्षेपण छ । आइतबारसम्मै सप्ताहन्त भएकाले कमाइ आक्रामक हुने अपेक्षा छ ।