
लामो समयपछि हलमा नेपाली सिनेमा
कोभिड–१९ का कारण लामो समय बन्द रहेका नेपाली सिनेमा हलहरु विस्तारै जुर्मुराउने प्रयासमा छन् । यसक्रममा नयाँ नेपाली चलचित्र ‘गुड फ्रेण्ड’ अर्को शुक्रवार अर्थात चैत २० गते प्रदर्शनमा आउने भएको छ । कोरोना संक्रमणको त्रास एक वर्षपछि पुनः बढीरहेकै बेला ‘गुड फ्रेण्ड’ निर्माण पक्षले यसलाई प्रदर्शनमा ल्याउने कुरा बताएको हो