
जननेता भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण
पथरी। तत्कालीन नेकपा (माले) का महासचिव एवम् जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदनकुमार भण्डारीको ७२ औँ जन्मजयन्ती आज देशभरि मनाइएको छ । पार्टीको पथरी शनिश्चरे नगरपालिका कमिटीले वडा–वडाबाट उपस्थित सयौँ स्थानीय नेता, कार्यकर्ता र सामाजिक अगुवामाझ आज बिहानैदेखि विभिन्न ७२ प्रजातिका वृक्षारोपण गर्दै ७२ औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न गरेको हो