
बेललाई भित्र्याउने कार्डिफ सिटीको प्रयास
गेराथ बेललाई भित्र्याउन कार्डिफ सिटीले उनका प्रतिनिधिहरूसँग छलफल अघि बढाएको छ । रियल म्याड्रिड छाडेपछि ३२ वर्षीय बेल हाल फ्रि–ट्रान्सफरमा उपलब्ध छन् । बेलका प्रतिनिधिहरूले कार्डिफका अध्यक्ष मेहमत डालम्यानसँग छलफल गरिरहेको पुष्टि गरेका छन् । यद्यपि, दुई पक्षबीच सम्झौता भने भइसकेको छैन । बेलका प्रतिनिधिहरू अन्य क्लबसँग पनि छलफलमा रहेका