हाम्रो खेलकुदले सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने

हाम्रो खेलकुदले सर्वकालीन सात जना खेलाडीलाई सम्मान गर्ने भएको छ । यही साउन १९ गते आयोजना हुने कार्यक्रममा नेपाली खेलकुद क्षेत्रमा योगदान पुगाएका खेलाडीलाई सम्मान गर्ने भएको हो । हाम्रो खेलकुदले पहिलो पटक खेलाडी सम्मान गर्न लागेको हो । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो ।

केएलले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउने

भारतीय क्रिकेट टिमका सदस्य केएल राहुलले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज गुमाउने भएका छन् । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज राहुलले गुमाउने पक्का भएको हो । केएल गत साता कोरोनाका कारण आइसोलेसनमा बसेका थिए । भारत र वेस्ट इन्डिजविरुद्धको सिरिज २९ जुलाईबाट सुरु हुने छ । यसअघि चोटका कारण केएलले

एथ्लेटिकोले पनि रोनाल्डोलाई नभित्र्याउने

केही दिनअघि क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडले भित्र्याउन चाहेको समाचार बाहिरिएको थियो । रोनाल्डोलाई भित्र्याउन एथ्लेटिकोले एन्टोनियो ग्रिजमानलाई बेच्ने तयारीसमेत गरेको समाचारमा उल्लेख थियो । तर, एथ्लेटिकोका अध्यक्ष एनरिके सेरेजोले भने सो सम्भावनालाई खारेज गरेका छन् । उनले भने, ‘मलाई थाहा छैन कसले रोनाल्डो एथ्लेटिको आउने बारे यो कथा

लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने

फुटबल क्लब बार्सिलोना र लिभरपुलका फरवार्ड लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने भएका छन् । ३५ वर्षीय उरुग्वेका स्ट्राइकर लुईस स्वारेज गत सिजन एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि क्लब विहीन छन् । स्वारेजको अनुबन्धमा रिभर प्लेट र बोरुसिया डर्टमन्ड पनि देखिएका थिए । तर, स्वारेजले भने आफ्नो पूर्वक्लब नासियोनलमा फर्किने निर्णय

क्लब अमेरिकासँग रियलको बराबरी

स्पेनिस क्लब रियल मड्रिडले प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा क्लब अमेरिकासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा रियलले क्लब अमेरिकासँग २–२ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता क्लब अमेरिकाले लिएको थियो । खेलको पाँचौं मिनेटमा मार्टिनले गोल गर्दै क्लब अमेरिकालाई अग्रता दिलाएका थिए । २२ औं

बार्सिलोना र युभेन्ट्सको बराबरी

स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले प्रि–सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका हुन् । अमेरिकाको टेक्ससमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३४ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । युभेन्ट्सका

साफ यु–२० : नेपालले आज श्रीलंकाको सामना गर्ने

पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यु(२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रँदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा खेल नेपाली समय अनुसार आज साझ सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० अन्तरले हराउँदै नेपालले महत्त्वपूर्ण तीन अंक

महिला युरो : स्विडेनलाई पराजित गर्दै घरेलु टोली इङ्ग्ल्यान्ड फाइनलमा

स्विडेनमाथि ४–० को सहज जित निकाल्दै घरेलु टोली इङ्ग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेफिल्डमा मंगलबार राति इङ्ग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक(एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको

पोग्वाको घुँडामा चोट, बार्सिलोनासँगको खेल गुमाउने

यसै समरमा इटालियन क्लब युभेन्टस् अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् । स्पेनिस महारथी बार्सिलोनाबिरुद्ध प्री–सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुँडाको चोट बोकेका हुन् । बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ । चोटसँगै पोग्वा टिम बाहिर छन् । २९ वर्षीय पोग्वा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै

पीएसजीको सहज जित

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रि–सिजन टुरअन्तर्गत भएको मैत्रीपूर्ण खेलमा जापानको जे लिग क्लब गाम्बा ओसाकालाई ६–२ गोल अन्तरले हराएको छ । जापानमा सोमबार भएको मैत्रीपूर्णमा खेलमा पीएसजीलाई जित दिलाउन नेयमारले दुई गोल गरे । यस्तै पाब्लो सराबिया, लियोनल मेस्सी, केलियन एमबाप्पे र नुनो मेन्डीसले एक–एक गोल गरे ।