
क्रेजी साप्ताहिक
पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत आज (विहिबार) भएको खेलमा द रियल ब्रदर्श एफ.सी. विजयी भएको छ ।
दोस्रो चरणको अन्तिम खेलमा देविगन्ज एफ.सी.लाई ३–२ गोल अन्तरले पराजित गर्दै द रियल ब्रदर्स एफ.सी. विजयी भएको हो । खेलको १४ औं मिनेटमा देविगन्जको खेलाडी विजय लिम्बुले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । निक्कै रोमाञ्चक खेलमा रियल ब्रदर्शका सुजन खत्रीले २९ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा पु¥याएका थिए ।
मध्यन्तरपछिको ७ औं मिनेटमा द रियल ब्रदर्शका देबराज गुरुङले गोल गर्दै खेल २–१ गोल अन्तर बनाए भने देबिगन्जको तर्फबाट २४ आंै मिनेटमा दीपक राईले गोल थपेर पुनः २ बराबरीमा बनाएका थिए ।

खेलको इन्जुरी टाइममा रियल ब्रदर्शका तिर्थराज बस्नेतले गोल गर्दै द रियलको लागि विजयी सुनिश्चित गरे । खेलको सोनालिका म्यान अफ द म्याच पनि बस्नेत नै घोषित भए । जितेसँगै द रियल ब्रदर्शले लिगमा ४ अंक बनाएको छ भने देविगन्ज ० अंक मै सीमित भएको छ । लिगमा देविगन्ज एफ.सी.ले अब एक खेल खेल्न बाँकी छ ।
भोलिको (शुक्रबार) खेल तेस्रो चरणको पहिलो खेल हेरिका न्युस्टार र द शिखर एफसी बीच प्रतिस्पर्धा हुने आयोजक समितिका सह–संयोजक बिकी राईले जानकारी दिए । दोस्रो चरणको खेल पूरा हुँदा समूह ‘ए’ मा रहेको सिरिजंगा एफसी ६, हिमा अस हाइवेको २ अंक छ भने शिखर र हेरिका न्युस्टार एफसीको १–१ अंक रहेको छ । यस्तै समूह बी मा रहेको टेन नवोदय ६, द रियल ब्रदर्श ४, वाईजीएफटीको १ अंक रहेको छ भने एक खेल खेल्न बाँकी रहेको देबिगन्ज हालसम्म ० अंक रहेको छ ।


