‘येले साम्लो नाइसुम ५०८६’ कार्यक्रमको आवेदन मिति थप गरियो

क्रेजी संवाददाता पथरी । मुन्धुमी चुम्लुङको साँस्कृतिक विभागको विशेष पहलमा सञ्चालन हुँदै आएको सांगीतिक तथा साँस्कृतिक कार्यक्रम ‘येले साम्लो नाइसुम ५०८६’ को आवेदन मिति थप गरिएको छ । मंङिसर १७ गते भित्र आवेदन दर्ता गरिसक्नुपर्ने भए पनि विभिन्न प्राविधिक, व्यवस्थापकीय तथा समन्वयगत कारणले समय अभाव भएको भन्दै आयोजकले नयाँ अन्तिम

जिल्लास्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता विराटनगर । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्ट बोर्डिङ स्कुलले जिल्लास्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि चुमेको छ । शनिबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङले आयोजनाको सो प्रतियोगितामा एभरेष्टले प्रथम स्थान हासिल गरेको हो । विराटनगरमा अवस्थित आरोहण गुरुकुलमा भएको जिल्ला स्तरीय प्याब्सन

प्याब्सन भलिबल टुर्नामेन्टमा एभरेष्टको वर्चस्व

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएको प्याब्सन भलिबल टुर्नामेन्टमा एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो वर्चस्व प्रस्तुत गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन पथरी शनिश्चरे नगरले आयोजना गरेको प्याब्सन भलिबल टुर्नामेन्टमा एभरेष्टले छात्र÷छात्रा दुवैको प्रथम स्थान हासिल गरेको हो । शनिबार भएकोको दुवै फाइनल खेलमा ‘बेष्ट अफ

पथरी शनिश्चरेमा प्याब्सन भलिबल टुर्नामेन्ट सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा प्याब्सन भलिबल टुर्नामेन्ट सुरु भएको छ । आज प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेले आयोजना गरेको नगर स्तरीय निजी तथा संस्थागत विद्यालयहरूमा अध्ययन गर्ने छात्र छात्राहरूको खेल क्षमता र प्रतिभा प्रस्फुटन गर्ने हेतुले सो प्रतियोगिता आयोजना गरेको हो । छात्र तथा छात्रा

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता पथरी । नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको जुनियर तर्फको उपाधि एभरेष्ट माविले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल पथरी शनिश्चरेले आयोजना गरेको सो प्रतियोगिताको ट्रफी एभरेष्टले उचालेको हो । गत वर्ष पनि एभरेष्टले नगर प्रथम भई जिल्लामा उत्कृष्टता हासिल गरेको थियो ।

खोरेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम

्क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा खारेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम जारी रहेको छ । २६ गते पथरी शनिश्चरे नगरपालिका वडा नं.२ बाट सुरु गरिएको खोरेत रोग बिरुद्धको निःशुल्क खोप कार्यक्रम आज वडा नं. ३ मा समापन गरिएको छ । यसैगरी मंसिर १ र ३ गते वडा

पिकनिकको लागि उचित स्थान पथरीको हरियाली पार्क

क्रेजी संवाददाता पथरी । अहिले मौसम न त धेरै गर्मी छ न धेरै जाडो– बिहान बेलुका हल्का चिसो, दिउँसो मध्यम गर्मी । यस्तै मनमोहक मौसममा पिकनिकको योजना बनाइरहनु भएको छ ? यदि हो भने, तपाईंको रोजाइमा हरियाली पार्क एकदमै सही विकल्प हुनसक्छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २

पथरी शनिश्चरेमा श्रमदान अभियान सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा शनिबारदेखि श्रमदान सुरु भएको छ । पथरी शनिश्चरेका सक्रिय युवाहरुले वडा नं. २ शान्ति चौकदेखि शिवचोक सम्मको बाटोको दायाँ र बायाँ पट्टीको झाडी फडानी तथा सरसफाइको सुरुवात गरेका छन् । प्रथम चरणको सरसफाई पथरी शनिश्चरे वडा नं. २ को शान्ति चौकदेखि वडा

दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप : आयोजक सेमिफाइलन प्रवेश

क्रेजी संवाददाता पथरी शनिश्चरे । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपमा आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लब विजयी भएको छ । आज भएको खेलमा डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज क्लब ललितपुरलाई १–० गोल अन्तरले स्तब्ध पार्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको सुरूवातमा आयोजकलाई दबाबमा राखेको ब्रिगेड ब्वाइजले

दोस्रो ईन्ट्रा पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमा सलहेश विजयी

क्रेजी संवाददाता पथरी । ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ईन्ट्रा पथरी शनिश्चरे गोल्डकप– २०८२’को उद्घाटन खेलमा सहलेश फुटबल क्लब विजयी भएको छ । पथरी ११ फुटबल क्लबको आयोजनामा पथरी रंगशालामा शनिबार भएको खेलमा सिरहाको सलहेश युवा क्लब र भारतको सिलिगुडी कञ्चनजंघा फुटबल क्लबबीच सम्पन्न खेलमा सहलेश विजयी भएको हो । सलहेश युवा
Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.