‘लुट’को तेस्रो सिक्वेल बन्ने, पटकथा लेखन सुरु

नेपाली फिल्मको कथावाचनमा ट्रेण्डसेटर कायम राखेको फिल्म ‘लुट’को तेस्रो सिक्वेल निर्माण हुने भएको छ । निर्माता माधव वाग्लेले फिल्मको पटकथा लेखन सुरु भएको जानकारी दिएका छन् । सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो । नेपाली फिल्ममा संकटकाल लगाउने तयारी

अनुप र आनाको मुख्य भूमिका रहने ‘मायाको माया’को शुभसाइत

अनुपविक्रम शाही र आना शर्माको मुख्य भूमिका रहने फिल्म ‘मायाको माया’को शुभसाइत गरिएको छ । मंगलबार ललितपुरको खोकनास्थित कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । मुहूर्तमा फिल्मका कलाकार, निर्माता, निर्देशक र प्राविधिक उपस्थित थिए । रोहितकरण वैद्यको निर्देशन रहने फ्यामिली ड्रामामा आना र अनुपले अनस्क्रिन रोमान्स गर्ने पक्का भएको हो

‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथा : सौगात

अभिनेता सौगात मल्लले फिल्म ‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथामा निर्माण भएको बताए । उनले ‘मन्त्र’ एउटा अर्गानिक कथाको रुपमा समेत चर्चा भएको बताए । ‘‘मन्त्र’ मैले अहिलेसम्म अभिनय गरेको फिल्म भन्दा भिन्न कथामा निर्माण भएको छ’ सौगातले भने ‘फिल्मले हिमाली भेगको प्रेमकथा, रहनसहन सबै देखाउँछ ।’ पोष्ट प्रोडक्सनमा आफुले

‘म यस्तो गीत गाउँछु २’ जेठदेखि विदेशमा प्रदर्शन हुने

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ले आगामी मे महिनादेखि अन्तर्राष्ट्रिय प्रदर्शन सुरु गर्ने भएको छ । पूजा शर्मा र पल शाह स्टारर फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा नेपसिने कम्पनीले लिएको छ । निर्माताद्वय सुदर्शन थापा र पूजा शर्मासँग नेपसिनेका विधान कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे । उत्तर अमेरिकासहितका मुलुकमा

‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने भएको छ । फिल्म निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ दुबै देशमा एकसाथ रिलिज गर्ने तय भएको हो । ३ भदौमा रिलिज मिति तोकिएको यो फिल्म यही मितिमा पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन,

४० औं दिनमा सकियो ‘परस्त्री’

  फिल्म ‘परस्त्री’ को छायाङ्कन सकिएको छ । शनिबारबाट बालाजुस्थित चलचित्र विकास कम्पनीमा अन्तिम दृश्य छायांकन गर्दै फिल्म सकिएको हो । ४० औं दिनको नियमित छायाङ्कनपछि फिल्म किनिएको निर्देशक सुरज पाण्डेले बताए । पाण्डे यसै फिल्मबाट निर्देशन डेब्यू गर्न लागेका हुन् । काठमाडौंबाट छायाङ्कन सुरु भएको फिल्म मुस्ताङपछि फेरि काठमाडौंमै

फ्लोरमा फिल्म ‘हाम्रो स्वर्गको’

फिल्म ‘हाम्रो स्वर्गको’ शुक्रबारबाट छायांकन सुरु भएको छ । शोभित बस्नेतको निर्देशन रहने फिल्म जुम्लाको पटमाराबाट छायांकन सुरु भएको हो । फिल्मले यार्सागुम्बा टिप्ने मान्छेहरूको कथा बिषयबस्तु बनाएको निर्देशक बस्नेतले बताए । मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लालबहादुर रोकाया, ललितजङ्ग महत लगायतको मुख्य भुमिका रहने फिल्मका छायांकार

‘लाखे’ले हिन्दी फिल्मलाई टक्कर दिन्छ – डिबी

फिल्म ‘लाखे’ ले विदेशी फिल्मलाई टक्कर दिने निर्माता डिबी बम्जनले बताएका छन् । अहिले चलेका मल्टिस्टार कलाकार ‘लाखे’मा रहेको बताउदै उनले फिल्म मल्टिस्टारले भरिएको र राम्रो कथामा बनेको दाबी गरे । ‘अहिले फिल्ममा मल्टिस्टार कलाकार लिनु भनेको फलामको चिउरा चपाए सरह हो’ उनले भने । सौगात मल्ल, आर्यन अधिकारी, अनुप

दीपेन्द्रको निर्देशनमा बन्ने ‘के घर के डेरा’मा सुरक्षा अनुबन्धित

दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘के घर के डेरा’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । शुक्रबार निर्माण टिमले सुरक्षालाई फिल्मको मुख्य भूमिकामा अनुबन्ध गरेको हो । फिल्ममा सुरक्षाको प्रवेशसँगै चार जना मुख्य कलाकार फाइनल भएका छन् । अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा यसअघि

विकास आचार्यको ‘नाइँ नभन्नु ल ६’मा आँचल

विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् । आँचलले ‘नाइँ नभन्नु ल ६’मा काम गर्ने मौखिक सहमति भइसकेको निर्देशक आचार्यले जानकारी दिए । फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको उनले बताए । आँचलले आचार्यकै फिल्म ‘नाइँ न भन्नु ल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.