खाली खुट्टा फिल्म हल पुगे रामचरण

साउथ फिल्म क्षेत्रका सुपरस्टार राम चरणको पछिल्लो फिल्म ‘आरआरआर’ सफल भएको छ । उनको यो फिल्मले फेरि एक पटक उनी फ्यानका प्रिय हुन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । उनको दमदार अभिनय रहेको यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्नका लागि उनी आफै हलमा पुगेका छन् । उनी हालै मुम्बईमा रहेको गेटी

एड सिरनले ‘सेप अफ यु’ गीत चोरी नगरेको अदालतको फैसला

बेलायती गायक एड सिरनले सन् २०१७ को आफ्नो चर्चित गीत ‘सेप अफ यु’लाई लिएर अदालतमा चलिरहेको प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा जितेका छन् । रोयटर्सका अनुसार गायक सिरन र गीतकार जोनी म्याकडेड र निर्माता स्टिभ म्याककुचिएनले उक्त गीतलाई सन् २०१५ को सामी चोक्रीको गीत ‘ओ ह्वाइ’बाट चोरी गरिएको भन्ने आरोपलाई अस्वीकार गरेका

विजयको ‘बिस्ट’ फिल्मलाई कुवेतमा प्रतिबन्ध

दक्षिण भारतीय सुपरस्टार विजयको आगामी फिल्म ‘बिस्ट’लाई मध्यपूर्वी मुलुक कुवेतमा प्रतिबन्ध लगाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा मुस्लिम र पाकिस्तानविरोधी दृश्य समावेश गरिएको छ । कुवेत सरकारले यो फिल्म मुलुकको हितविरुद्ध भएको समेत उल्लेख गरेको छ । विजयको यो होस्टेज थ्रिलर फिल्ममा पाकिस्तानी आतंकवादको मुद्दालाई उठाइएको कुवेतको सेन्सर बोर्डले

रिहाना फोर्ब्सको अर्बपति सूचीमा, किम कार्दसियन र केनी वेस्ट पनि समावेश

अमेरिकी पपस्टार रिहाना सन् २०२२ कै सबैभन्दा धनी सेलिब्रिटी बनेकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको संसारका धनाढ्यहरुको नयाँ सूचीमा रिहाना १.७ बिलियन डलरसहित १ हजार ७२९औं स्थानमा छिन् । सूचीमा ¥यापर जे जेड, किम कार्दसियन उनका पूर्वपति केनी वेस्ट पनि समावेश छन् । रिहानाले आफूले सञ्चालन गरेको फेसन

रणवीर र आलियाले अप्रिल १७ मा विवाह गर्दैछन् ?

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाहको चर्चा अहिले चलिरहेको छ । टाइम्स अफ इन्डियाले रणवीर र आलियाले यही अप्रिल १७ मा विवाह गर्न लागेको रिपोर्ट प्रकाशित गरेको छ । टाइम्स अफ इण्डियाले आलियाका हजुरबुबाको अवस्था खराब रहेकाले विवाह जतिसक्दो चाँडो गर्न लागिएको समेत उल्लेख गरेको छ ।

ओस्कार प्रकरण : नेटफ्लिक्सले ‘फास्ट एण्ड लस’ फिल्मबाट विल स्मिथलाई हटायो

कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथ अहिले विवादमा तानिएका छन् । विवाद तत्कालै सकिने छाँटकाट छैन बरु लम्बिने देखिएको छ । घटनालाई लिएर माफी माग्दै अभिनेता स्मिथले यसैसाता ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । अर्कोतर्फ ओस्कार आयोजकले पनि कथा यत्तिकैमा अन्त्य नहुने बताइसकेको छ । एकडेमीले स्मिथविरुद्ध

यी साउथ फिल्मले दिनेछन् बक्स अफिसमा बलिउडलाई थप चुनौती

एक समय थियो, भारतीय फिल्म भन्नु नै बलिउडलाई चिनिन्थ्यो । तर अब दक्षिण भारतीय (साउथ) फिल्म उद्योगले बलिउडलाई ठूलो चुनौती दिन थालेको छ । हिजोआज भारतीय बक्स अफिसमा साउथ फिल्मले आक्रामक कमाइ गरेर नयाँ नयाँ रेकर्ड राखिरहेका छन् । कोरोना महामारीपछि सिनेमा हल खुलेसँगै साउथ सुपरस्टार अल्लु अर्जुन अभिनित तेलुगू

जोन स्टारर ‘अट्याक’को बक्स अफिसमा कमजोर प्रदर्शन

जोन अब्राहम बलिउडका लोकप्रिय अभिनेतामध्ये एक हुन् । उनले फिल्म उद्योगमा दुई दशक बिताइसकेका छन् । यस अवधिमा उनले थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेका छन्, तर पछिल्लो समय उनी अभिनित फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्न सकेका छैनन् ।आजको समयमा फिल्मको सफलताको मानक कमाइलाई बनाइन्छ । त्यसमाथि बलिउडका लागि अहिले

‘केजीएफ’ स्टार यश भन्छन्– भूगोलका आधारमा फिल्मलाई विभाजन गर्ने समय सकियो

दक्षिण भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ आगामी वैशाख १ गते रिलिज हुँदैछ । विश्वभर नै प्रतीक्षित मानिएको फिल्म रिलिज नहुँदै नेपालमा समेत यसलाई लिएर चर्चा सुरु भएको छ । कतिपयले केजीएफ, आरआरआर र पुष्पाजस्ता फिल्मको दबदबा नेपाल र हिन्दीभाषी फिल्म चल्ने भारतीय राज्यमा सुरु भएको भन्दै चासो र चिन्ता समेत

विल स्मिथले दिए ओस्कारबाट राजीनामा, विश्लेषक भन्छन्– कथाको अन्त्य होइन

ओस्कार अवार्ड थप्पड प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । कमेडियन क्रिस रकलाई थप्पड हानेपछि चर्किएको विवादका बीच अभिनेता विल स्मिथले ओस्कार एकेडेमीबाट राजीनामा दिएका छन् । राजीनामा पत्रमा उल्लेख छ, ‘९४ औं एकेडेमी अवार्ड प्रस्तुतिमा मेरा कार्यहरु स्तब्ध, पीडादायी र अक्षम्य थिए ।’ स्मिथले बुझाएको राजीनामालाई स्वीकृत गर्दै एकेडेमीले उनीविरुद्धको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.