
आइफोन ११ को माग उच्च, बढ्यो उत्पादन
एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजका स्मार्टफोनहरुलाई प्रयोगकर्ताहरुले रुचाएका छन् । अपेक्षाभन्दा बढी सकारात्मक प्रतिक्रिया मिलेसँगै एप्पलले आइफोन ११ को उत्पादन १० प्रतिशतले बढाएको छ । आइफोन ११ को माग उच्च हुनुमा यसको मूल्य एउटा कारण हुनसक्छ । आइफोन ११ को मूल्य आइफोन १० को भन्दा कम छ ।