डोनल्ड ट्रम्पको टाउकोको मूल्य ९ अर्ब - Crazysaptahik.com

डोनल्ड ट्रम्पको टाउकोको मूल्य ९ अर्ब


क्रेजी साप्ताहिक
एजेन्सी । इरानले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य ८० मिलियन डलर(करिब ९ अर्ब) तोकेको छ । अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि अहिले इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए ।

जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ । ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ । मसादमा जतिबेला सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो ।

सम्बन्धित खवर