प्रदेश १ मुख्यमन्त्रीले गरे गायिका रचना रिमालसँग 'वान साईटेड लभ' परेको खुलासा - Crazysaptahik.com

प्रदेश १ मुख्यमन्त्रीले गरे गायिका रचना रिमालसँग ‘वान साईटेड लभ’ परेको खुलासा

क्रेजी संवाददाता
बेलडाँगी । प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईले एक कार्यक्रमको बीच रमाइलो पारामा गायिका रचना रिमालसँग ‘वान साईटेड लभ ‘ परेको खुलासा गरेका छ्न ।

झापाको भुटानी शरणार्थी शिविर (बेलडाँगी -२) अवस्थित वृद्ध दिवा सेवा, मेरो डान्स कप ( यूएसए ) र मेरो भ्वाइस कप( यूएसए)को समुद्‌घाटनको गर्दै मन्तव्यको क्रममा राईले यस्तो बताएका हुन

शनिबार आयोजित उक्त समारोहमा संबोधन गर्दै उनले कलाकारहरूलाई पनि नजिकबाट चिनेको र विशेष गरी रचना रिमाललाई ‘वान साईटेड लभ ‘ परेको उनलाई पछ्याइरहेको बताउँदै आदि भाषण समय प्रसंशामा नै बिताएका थिए ।सो कार्यक्रममा एक दर्जन भन्दा बढी नेपाली नायकदेखि गायकसम्मको उपस्थिति रहेको थियो । जसमा नायकहरू रमित ढुङ्गाना, दिलीप रायमाझी, सन्जीव भण्डारी, नायिकाहरु केकी अधिकारी, वर्षा रावत, वर्षा बस्नेत लगायतका चर्चित अनुहारको उपस्थिति रहेको थियो भने लोक गायक प्रेमराजा महत, गायक – गायिका प्रमोद खरेल, निशान भट्टराई, रचना रिमाल, अस्मिता अधिकारी , प्रवीण वेडवाल, नृत्यकार करिष्मा ढकाल, शंकर बिसि, मोडल ऋचा थापा लगायतको उपस्थिति रहेको थियो। साथै, भ्वाइस अफ नेपाल बाट उदाएकी नवगायिका सन्जु मोक्तानले “लाखौं हजार …..” बाेलेकाे गीत गाउदा दर्शकहरूले औधि रूचाएका थिए ।

त्यस्तै, ३ दशक भन्दा अघिको निकै पुरानो लोकप्रिय गीत ” बाँझो खेतमा छड्के सलाम छ ‘…. गाएर लाेकगायक प्रेमराजा महतले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने उनले “पानको पात …’ बाेलकाे गीत पस्किरहदा मुख्यमन्त्री राजेन्द्र राईसँगै नायिकाहरू केकी अधिकारी, वर्षा रावत र वर्षा बस्नेत , हाँस्यकलाकार सन्दीप क्षेत्रीले कम्मर मर्काई -मर्काई नाँचेका थिए ।

ईन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित कार्यक्रममा झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका सबै वृद्ध- वृद्धालाई ५ हजारका दरले मासिक भत्ता आजीवन उपलब्ध गराउने सोहि अवसरमा फाउण्डेशनका अध्यक्ष डिल्लीराम अधिकारीले जनाएका हुन् । यस्तै उनले सो भवन निर्माणमा लगभग ८० लाख रुपैया लगानी भएको पनि बताएका छन् ।

सम्बन्धित खवर