इरानमा १८० यात्रु बोकेको जहाज दुर्घटना - Crazysaptahik.com

इरानमा १८० यात्रु बोकेको जहाज दुर्घटना


क्रेजी साप्ताहिक
एजेन्सी । इरानको राजधानी तेहरानमा युक्रेनीको जहाज दुर्घटनामा परेको छ । बुधबार विहान १८० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ जहाज तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएट प्रेसले जनाएको छ ।
इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि जहाज दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आइसकेको छैन।

सम्बन्धित खवर