इरानमा बस दुर्घटना, २० जना भन्दा बढीको मृत्यु - Crazysaptahik.com

इरानमा बस दुर्घटना, २० जना भन्दा बढीको मृत्यु


क्रेजी साप्ताहिक
एजेन्सी । इरानको राजधानी तेहरानबाट पाँच सय किलोमिटर उत्तरपूर्वमा एक यात्रुवाहक बस दुर्घटना हुँदा २० जना भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान गोनवाद सहर जान लागेको बस ब्रेक फेल भएर दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

उक्त दुर्घटनामा परी अन्य २४ यात्रु घाइते भएको बताइएको छ । अमेरिकी हमलामा मारिएका इरानका सैनिक कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि र्‍यालीमा भागदौड हुँदा मंगलबार ५० बढीको मृत्यु भएको थियो । त्यस्तै बुधबार तेहरानको इमाम खामेनी विमानस्थल नजिकै युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटना हुँदा १७६ जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित खवर