मस्जिदमा विष्फोट हुँदा डीएसपीसहित १४ जनाको मृत्यु - Crazysaptahik.com

मस्जिदमा विष्फोट हुँदा डीएसपीसहित १४ जनाको मृत्यु


क्रेजी साप्ताहिक एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा परि१४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । यो घटनामा क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु भएको छ । क्वेटाको सिभिल हस्पिटलका प्रवक्ताका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ ।

पाकिस्तानी सेनाले घटनास्थलको जाँचबुझका लागि प्रहरी र सेनाको संयुक्त टोली खटाइएको जानकारी दिएको छ ।पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले भनेका छन्, ‘प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मद्दत गरिएको छ । जसले मस्जिदलाई निशाना बनायो, त्यो कहिल्यै मुसलमान हुन सक्दैन ।’

सम्बन्धित खवर