आफन्त सहित १६ जनाले बलात्कार गर्दा ८ वर्षकी बालिकाको मृत्यु - Crazysaptahik.com

आफन्त सहित १६ जनाले बलात्कार गर्दा ८ वर्षकी बालिकाको मृत्यु


क्रेजी साप्ताहिक । भारतको चेन्नइस्थित विलुपुरममा आफ्ना केही आफन्तसहित १६ जनाले बलात्कार गरेकी एक ८ वर्षकी बालिकाको बिहीबार शंकास्पद स्थितिमा मृत्यु भएको छ । पुलिसका अनुसार बालिका केही दिनदेखि पेट दुखाइ र ज्वरोसँग जुधिरहेकी थिइन् ।

पुलिसले बालिकाको मृत्युको घटनामा आइपीसी धारा १७४ (शंकास्पद अवस्थामा मृत्यु) अन्तर्गत मुद्दा दर्ता गरेको छ । ३ कक्षामा पढ्ने ती बालिका आमा, दिदी, सौतेनी पिता र सौतेनी दाजुसँग बस्ने गरेकी थिइन् । बुधबार राती उनी शौचालय गएपछि फर्किइनन् । पछि आमाले छिमेकीको सहयोगमा ढोका फुटाएर हेर्दा उनी भित्र बेहोस अवस्थामा लडेकी थिइन् । अस्पताल लिएर गएकोमा त्यहाँ डाक्टरले बालिकालाई मृत घोषित गरिदिए ।

२०१७ मा बालिकाकी आमा आफ्ना पतिसँग छुट्टिएकी थिइन् र चेन्नइ गएकी थिइन् । यस क्रममा उनले आफ्ना दुई छोरीहरुलाई आफन्तकहाँ छोडेर गएकी थिइन् । चेन्नइ गएको १ वर्षपछि आमा फर्किइन् । फर्किएपछि उनले आफ्ना २ छोरीहरुसँग यौन शोषण र बलात्कार भएको थाहा पाइन् । त्यसपछि उनी छोरीहरुलाई लिएर पुडुचेरी गइन् ।

त्यहाँ गएर उनले छोरीहरुलाई अर्कै स्कुलमा भर्ना गरिन् । स्कुलमा बालिका अचानक बेहोस भएपछि उनलाई अस्पताल लिएर गइएको थियो । अस्पतालमै उनलाई बलात्कार गरिएको थाहा भएको थियो ।

सम्बन्धित खवर