न्युयोर्क । नेपाली समुदायको पहलमा न्यूयोर्क सिटी काउन्सिलले न्युयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रिट अन्तर्गत (२५ एभेन्युदेखि ३१ एभेन्यु) सडकको भागलाई मार्च ९ तारिखबाट “माउण्ट एभरेष्ट वे” नामाकरण गरिएको छ। न्युयोर्क सिटिको
काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बिशेष कार्यक्रमको बीच उक्त स्ट्रीटको नाम ‘माउन्ट एभरेस्ट वे’ घोषणा गरेका हुन्।
कार्यक्रममा बाटोको पोलमा छोपेर राखेको नाम खोल्नअघि युएस नेपाल क्लाईबर्स एसोसियसनद्वारा बनाएको सगरमाथाको मूर्ति सामुन्ने राखिएको बत्ती बालेर औपाचारिकता दिएका थिए। कार्यक्रममा काउन्सिल मेम्बर कोष्ट, अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपाली कन्सुलेटको महाबाणिज्यदुत पुष्पा भट्टराई, एनआरएन न्युयोर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारी र संस्कृति समितिका संयोजक राजकुमार बिष्टले मन्तब्य दिएका थिए।
दोस्रो चरणको कार्यक्रममा बिभिन्न समुदायको मौलिक संस्कृति झल्कने साकेला, च्याब्रुङ, लाखे आदि नृत्य सँगै विभिन्न कलाकारहरुको समेत विशेष प्रस्तुति रहेको थियो । साथै नेपाल विधुत प्रधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक अभिनन्दन पनि गरिएको थियो।
यो हामी नेपालीको गौरवको विषय मात्र नभएर हाम्रा नयाँ पुस्ता लगायत विदेशी समुदायलाई समेत नेपालको बारेमा विविध जानकारी गराउने सुवर्ण अवसर पनि हो l साथै नेपालको पर्यटन प्रवर्द्धनको लागि “Visit Nepal Year- 2020” लाई सफल पार्नको लागि समेत ठूलो भूमिका खेल्नेछ l