मिनीबस खोंचमा खस्दा ३४ जनाको मृत्यु - Crazysaptahik.com

मिनीबस खोंचमा खस्दा ३४ जनाको मृत्यु


एजेन्सी । भारतको जम्मुकश्मीरमा सोमवार बिहान सवारी दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ । यात्रुले खचाखच भरिएको मिनीबस खोंचमा गएर बजारिँदा कम्तीमा पनि ३४ जनाको मृत्यु भएको हो । यो दुर्घटनामा ३४ जना मारिँदा अन्य कयौँ घाइते भएका छन् ।

घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। यो दर्दनाक दुर्घटना जम्मु कश्मीरको किश्तवाडमा भएको हो । सिरगवारी केशवन इलाकामा एक मिनी बस गहिरो खोचमा खसेको हो। मिनी बसमा क्षमता भन्दा धेरै यात्री सवार थिए । दुर्घटनापछि यात्रुको चित्कार सुनिएको थियो । समाचार अनुसार जेके(१७) ६७८७ नम्बरको मिनी बस पल्टिएको हो ।

मिनी बस यात्रुलाई लिएर केशवनबाट किश्तवाडतर्फ गइरहेको थियो । झण्डै पौने ८ बजे मिनी बस पल्टिएको हो । स्थानीयबासी, पुलिस, प्रशासनका अधिकारी घटनास्थलमा पुगेर उदार अभियान चलाएका छन् । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । मृतकको संख्या अझै बढ्ने जनाइएको छ ।

सम्बन्धित खवर