एजेन्सी । अमेरिकाको टेक्सासमा अवस्थित एक सपिङ मलमा गोली चल्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार टेक्सासस्थित एल पासो सपिङ सेन्टरमा गोली चलेको हो ।
गोली प्रहारबाट २६ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । शंकास्पद २१ वर्षीय गोरे व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनामा एक व्यक्तिले नै गोली चलाएको सुरक्षा अधिकारीले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमहरुले घटनामा २१ वर्षीय पैट्रिक क्रुसियसको संलग्नता रहेका दाबी गरी खबर दिएका छन् ।