दुबईमा दुर्घटना, एक नेपाली सहित ८ जनाको मृत्यु - Crazysaptahik.com

दुबईमा दुर्घटना, एक नेपाली सहित ८ जनाको मृत्यु

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने मध्ये एक जना नेपाली नागरिक रहेको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । अन्य मृतक एसियाली राष्ट्रका रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।

दुर्घटनामा अरु ६ जना पनि घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।

दुबई प्रहरीले दुर्घटनामा पर्नेहरु सबै एसियाली देशका नागरिक भएको बताएको छ ।
–अनलाइनखबरबाट

सम्बन्धित खवर