क्रेजी साप्ताहिक
एजेन्सी । भारतस्थित जम्मु कास्मिरमा भएको आक्रमणमा परि एक नेपालीको मृत्यु भएको छ भने अर्का एक नेपाली मूलका भारतीय सेनाको समेत मृत्यु भएको छ । पाल्पा निवासी राइफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय सञ्चार माध्ययम न्युजलाईभ टिभीले जनाएको हो । कुपवारा जिल्लामा आइतवार भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो।
त्यस्तै नेपाली मुलकै जवान पद्दबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी हुन् । त्यस आक्रमणमा परी दुई सेना र एक नागरिकको मृत्यु भएको थियो । पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै युद्ध शुरु गरेकाले घटना घटेको भारतले आरोप लगाएको छ। भारतले जवाफी आक्रमण गर्दा ६ देखि १० पाकिस्तानी सेनाको मृत्यु भएको भारतीय सेना प्रमुख विपिन रावतले भारतीय संचारमाध्यमलाई बताएका छन्। आक्रमणमा तीन सेनासहित ८ जना घाईते भएको भारतीय प्रहरीले दाबी गरेको छ।