बियोन्ड दि एक्सपेक्टेसन ! - 'कथा' - Crazysaptahik.com

बियोन्ड दि एक्सपेक्टेसन ! – ‘कथा’

३.५ मिनेट देखि म उसले लगाएको चश्मा हेरिरहेछु ! ब्राउन हेन्डल भएको, गोलो चश्मा ! उसका आखा करिब १५ सेकेन्डको अन्तरालमा झिमझिम गरिरहेछन् ! सेतो कुर्ता सुरुवाल उसलाई खुब सुवाएको छ ! उसको हातमा जाप्निज राइटर हुराकी मुराकामीको ‘नर्वेजियन उड’ बुक छ ! इङलिस ट्रान्सलेसन, मैले पनि पढेको हुँ । खुब मजेदार छ ।हुन त मुराकामी मेरा फेभ्रेट राइटहरुमा पर्छन् ।

ऊ हरेक पाना पल्टाउदा तल्लो ओठ टोक्छे । यो कलात्मक छ ! ऊ मेरो सिटको छेउमा झ्याल भएको सिटमा छे । मलाई ऊ सग बोल्न मन लागिरहेछ ! तर उसको आखा किताबबाट कतै हटेको छैन । मैले बोलाउनु उचित सम्झिन ! उसले किताबलाई उत्तानो पारी, आफ्नो वालेट निकाली ! वालेटबाट एउटा पेन्सिल निकाली र बुकको एउटा लाइनलाई वन्डरलाइन गरि :
” Death exists; not as the opposite but as the part of life.”
म खिस्स हासे ! उसले म हासेको चाल पाई , सोधि हालि :
“किन हास्नु भा ?” – मधु-स्वर !
– “मलाई पनि यो लाइन खुब मन परेको हो !”
” तपाईंले यो बुक पढिसक्नु भा ?” ,उसको आखामा आश्चर्य झल्कियो !
– ” २ चोटि , मुराकामी मलाई मन पर्छ !”
” मलाई पनि “, ऊ मुस्काराइ: वाह, क्या हत्यारा मुस्कान !
र फेरि बुक तिर आखा तेर्साइ ! मलाई यो संवाद टुंग्याउनु थिएन
सोधे, ” तिम्रो नाउँ ?”
– “आरिया, आरिया मानन्धर !”
ऊ फेरि मौन भइ । कस्तो अचम्म कि केटी । मलाई लागेको थियो , ऊ पनि मलाई मेरो नाउँ सोध्छे तर यस्तो केही भएन । बरु मैले आफै सोधे , ” के तिमी मेरो नाउँ सोध्दैनौ ?”
– ” मलाई अपरिचितहरु नै ज्यादा मन पर्छन् ।”
म हासे ।
“कहासम्म ?”
– “धरान !, तपाईं ?”
म पनि ”
कहाबाट आउनु भा ?
– “काकडभिट्टा, अनि तपाईं ? ”
“दमक , केही विशेष कामले कि ?”
-” मेरो घर हो धरान !, अनि तपाईं नि ?”
” म काम गर्छु त्यहा रेडियोमा !”
– ” ओ..आर.जे !”
म मुस्कुराए ! अब संवाद टुंगिएको थियो । मलाई के सोधु सोधु भयो !
” अनि मृत्यु खुब मन पर्छ कि के हो ?”, सोधिसकेसी किन सोधेछु जस्तो भयो !
ऊ मुस्कुराइ त्येहि ज्यानमारा मुस्कान !
भनि, ” मेरो ब्वाइफ्रेन्ड हो मृत्यु , अचेल म उसग प्रेममा छु !” यति भनिसकेर ऊ खित्का छाडेर हास्न थाली !
” मलाई पनि घाटहरु खुब मन पर्छ, चिताबाट उडिरहेको धुवा म घन्टौ सम्म अबोलकन गर्छु, कहिलेकाहीँ त चिहान माथि सेक्स गरेको सपना पनि देख्छु !”
-” हाहा…” खुब मज्जाले हासि ऊ , क्या हिमाल जस्ता दाँत उसका ! उसलाई खोट लगाउने कहिकतै ठाँउ भेटिन मैले !

बस, इटहरी बाट उभो लागिसक्या छ। मलाई यो जङ्गलको बाटो खुब दिग्दारी लाग्थ्यो । तर आज लाग्ने वाला छैन । प्राय: किताब कै कुरा भो हामीबीच । खालिद हुसेनि , उसको फेभ्रेट राइटर । वाइट कलर उसको मनपर्ने रङ । डान्स उसको हवि ।कहिलेकाही पेटिङ पनि गर्छु भन्थी । मैले पनि आफ्नो बारेमा हल्का बढाइचढाइ गरेर गफ लगाइदे । जस्तो कि गिटार बजाउनु मेरो हवि हो, डान्सिङ ! केही झुठ, केही सत्य – यी यसरी नै जोडिदा रहेछन् सम्बन्धहरु ।

गाडि घ्याच रोकियो । हामी दुबैजना उतियौ । के भएछ , भन्दै मान्छेहरु उत्रिन लागे । म पनि बसबाट झरे । एउटा स्कुटी बीच रोडमा लडिरहेको छ।
” मे १ च ५६३४”, रातो स्कुटी ! मैले प्रनाइया लाई सम्झे । मन चिसो भयो । कतै ऊ नै त हैन ? छ्या के के सम्झिन्छु म पनि । मेरो यो धेरै सोच्ने बानी ले पनि हो म आफू बढी दुखि भको । तर , मान्छे त कोहि छैन त ? स्कुटी मात्र लडिरहेछ । मान्छे बीच हल्ला हुन थाल्यो , शंका ,उपशंकाहरु उभ्जिन थाले । “कसैले मारेर यतै जङ्गल तिर फ्यालिदिएको पो छ कि ?” कोहि बोलिरहेको छ । मेरो मुटु जोडजोडले धड्किन थाल्यो । प्रनाइया त हुनै सक्दिन , ‘यस्तो रातो स्कुटी त जस्को नि हुन्छ नि ?- दिमाग बोलिरहेछ । मैले उसको स्कुटीको नम्बर कति सम्झिन खोजे , अह याद आइरहेको छैन। यस्तै छ जस्तो लागिराछ । म लडिरहेको स्कुटीको नम्बर पिलेटलाई एकोहोरो हेर्छु । प्रनाइया को अनुहार मेरो आखा अघि तेर्सियो । मोबाइल निकाले, फोन गर्न खोजे, नम्बर छैन । म आफै जान्ने भएर त हो नम्बर डिलेट गरेको ? पुर्वप्रेमिकाको नम्बर कसले आफ्नो मोबाइल सेभ गर्छ त ? याद पनि छैन अब त ! अहो, किन डिलिट गर्नु परेको होला ? म आफैले आफैलाई कराउदै छु । म वरिपरि घुम्छु । कहिकतै केही छ कि ? तर अह…… पर एउटा रुमाल खसिरहेको छ । रोडबाट पर, एउटा सानो बाटो देख्छु । म हतार हतार तेता झिर्छु । रुमाल टिप्छु । ब्लु कलर को रुमाल छ । सम्झिन्छु, प्रनाइया को फेभ्रेट कलर हो ब्लु । म फेरि झस्किन्छु । म त्येहि बाटोलाई पछ्याउँदै , जङ्गल भित्र छिर्छु । सेतो सल एउटा झाडि मा अल्झिरहेछ । त्यहाबाट आएको पर्फ्युमको वास्ना, चिनेजानेको जस्तै लाग्छ । म डराउछु । खुट्टा लल्याक लुलुक भइसके । त्येहि पनि हिडिरहेछु ।

टाउको घुम्यो । म सपनामा छु यो भान भइरहेछ मलाई । १५ मिनेट अघि जो केटी मेरो सामुन्ने थिइ, अहिले ऊ लास बनेर लडिरहेछ मेरो अघि । ऊ नग्न छे , रत्याम्मे छे। म पसिनैपसिना हुन्छु । ओठ, गला एकैचोटि सुक्छ
। म के गरु गरु हुन्छु । उसले अघि ” मृत्यु त मेरो ब्वाइफ्रेन्ड हो” भनेको कुरा मेरो कानमा जोडले गुजिन्छ । यस्तो लाग्छ उसको हासो, पुरै जङ्गलभरि थर्किरहेछ । म कान थुन्छु । त्यही पनि उसको आवाजले मेरो पिछा छोडेदैन । म भाग्न खोज्छु, सक्दिन। खुट्टा कसैले तानी रहेछ जस्तो लागिरहेछ । ऊ भन्दा अलिक पर देख्छु, रेड लेडिज ब्याग , जहाबाट आधा मात्र मुन्टो निकालेर डेडलुक दिइरहेछ “नर्वेजियन उड” ले ।

                                               –प्रवीण पौडेल

सम्बन्धित खवर