२६ वर्षिय डाक्टरलाई सामुहिक बलात्कार गरी जलाउने चार युवक मारिए - Crazysaptahik.com

२६ वर्षिय डाक्टरलाई सामुहिक बलात्कार गरी जलाउने चार युवक मारिए


एजेन्सी । भारत बलात्कार, हत्या, हिंसा लगायतका घटनामा संसारमा नै सबैभन्दा अगाडी आउँछ । भारतमा बलात्कार र हत्या दिनानुदिन नै हुँदै आएका बेला २८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीय महिला चिकित्सकको शव बरामद गरिएपछि हत्यामा संलग्न ४ जनालई प्रहरीले तत्कालै नियन्त्रणमा लिन पनि सफल भएको छ । यसैबिच भारतको हैदरावादमा डाक्टरलाई जलाईएको घटनाका संदिग्ध ४ जना अभियुक्तलाई भारतीय प्रहरीले इन्काउन्टमा मारिदिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

कुख्यात बलात्कार काण्डमा समातिएका ४ जना अभियुक्तहरुलाई प्रहरी हिरासतमै राखिएको भएपनि उनीहरुलाई बलात्कार गरिएको र चिकित्सकलाई जलाएकै स्थानमा पुर्याएर प्रहरीले बुधबार इन्काउन्टर गरिदिएको छ । संदिग्धहरुलाई गिरफ्तार गरी १४ दिनसम्म न्यायिक हिरासतमा राखिएको र बिहिबार राती हैदराबाददेखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित चटनपल्ली गाउँमा बलात्कार एवं हत्यामा संलग्न अभियुक्तहरुलाई तेलङ्गना प्रहरीले गोली ठोकेको हो । प्रहरीले आँफुहरुलाई ति युवाले आक्रमण प्रयास गरेको भन्दै इन्काउन्टर गर्न बाध्य भएको जनाएको छ ।

सम्बन्धित खवर