न्यूयोर्कस्थित धर्मगुरुको घरमा अन्धाधुन्ध छुरी प्रहार - Crazysaptahik.com

न्यूयोर्कस्थित धर्मगुरुको घरमा अन्धाधुन्ध छुरी प्रहार

न्यूयोर्क स्टेटको सिनागग नजिकै रहेको एउटा घरभित्र अन्धाधुन्ध छुरी प्रहार हुँदा थुप्रै घाइते भएको बीबीसीले बताएको छ ।

न्यूयोर्क सिटीको उत्तरतर्फ मोन्सेस्थित यहुदीहरुका धर्मगुरुको घरभित्र हमला भएको अर्थोडक्स जिविस पब्लिक अफेयर्स काउन्सिलले बताएको छ । काउन्सिलका अनुसार कम्तीमा पाँचजनालाई अस्पताल पुर्याइएको छ ।

उक्त हमलाको कारण खुल्न सकेको छैन । काउन्सिलले ट्वीट गर्दै घाइतेमध्ये एकलाई कम्तीमा ६ पटक हमला गरिएको बताइएको छ ।
– एजेन्सी

सम्बन्धित खवर