क्रेजी साप्ताहिक
काठमाडौं । देशद्रोहको आरोपमा पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । यो फैसला लाहौर हाइकोर्टले सुनाएको हो । उनी हाल भने पाकिस्तानमा छैनन् ।
दुबईमा उनको उपचार भइरहेको छ । केही दिन अघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए ।आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु ।’