विषाक्त रक्सी सेवन गर्दा २६ जनाको मृत्यु - Crazysaptahik.com

विषाक्त रक्सी सेवन गर्दा २६ जनाको मृत्यु

क्रेजी साप्ताहिक । मंगोलियामा विषाक्त रक्सी सेवनका कारण २६ जनाको मृत्यु भएको छ । पछिल्लो एक महिनामा देशको राजधानी उलान बाटोरमा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

“यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ, उनीहरु मध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर रक्सी सेवन गर्दा मृत्यु भएको हो,” प्रान्तीय सहरी प्रहरी विभागका प्रमुख लखामा अमुर्मुरुमले भने । राजधानी उलान बाटोरमा अहिले उच्च सतर्कता अपनाइको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । मङ्गोलियामा नयाँ बर्षको पूर्वसन्ध्यामा निजी तथा सार्वजनिक तवरबाट खानपिनसहितका विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिएको हुन्छ । यस्ता कार्यक्रम रेष्टुरेन्ट, रात्री क्लव, बारलगायतमा ठूलो सङ्ख्यामा आयोजना गरिन्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.