‘लाखे’ अभिनेताले भने– निर्माताको मनमुटावले गर्दा राम्रो फिल्मको हत्या भयो

अहिले हलमा चलिरहेको फिल्म ‘लाखे’का अभिनेता रोहित रुम्बाले निर्माताहरुको मनमुटावले गर्दा राम्रो फिल्मको हत्या भएको बताएका छन् । आइतबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले फिल्मको कमाइ र प्रवर्द्धनमा निर्माताको असमझदारीबारे असन्तोष व्यक्त गरेका हुन् । तर फिल्मले राम्रो एक्सन फिल्मको रुपमा प्रशंसा बटुलिरहेको छ । अभिनेता रुम्बाको असन्तुष्टि यस्तो बेलामा

दयाहाङ र विपिनको फिल्म ‘फूलबारी’को कलरफुल पोस्टर सार्वजनिक

आगामी फागुन ५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘फूलबारी’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको पोस्टरमा फिल्मका सबै कलाकार अटाएका छन् । साथै पोस्टरले पात्रहरुको लुक्स पनि प्रस्तुत गर्छ । विपिन कार्की फिल्ममा ५८ वर्षीय पुरुषको भूमिकामा छन् । उनी अरुणा कार्कीको अपोजिटमा देखिंदैछन्

‘महापुरुष’ नेपालमा दोस्रो शनिबार पनि आक्रामक, अमेरिकामा थपियो शो

नेपालमा दोस्रो सप्ताहन्तमा समेत उत्कृष्ट कमाइ गरिरहेको फिल्म ‘महापुरुष’ले अमेरिकी र अष्ट्रेलियाली बजारमा सन्तोषजनक कमाइ गरिरहेको छ । डलासबाट अमेरिका प्रदर्शन थालेको फिल्मले एट्लान्टा, रेले, डेनभर, ह्युस्टन, अस्टिन, लस एन्जल्स, एक्रोनमा दैनिक कम्तीमा दुईवटा शोजसहित प्रदर्शन गरिरहेको छ । अमेरिका वितरणको जिम्मा लिएको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीका अनुसार युलेलस्थित सिनेपोलिस

घरको पूजाकोठामा भगवानसँगै महजोडीको फोटो पनि राख्छु : प्रदीप भट्टराई

निर्देशक प्रदीप भट्टराई र महसञ्चार एकअर्काका पर्यायजस्तै हुन् । एकबिना अर्को अधुरो हुन आउँछ । महसञ्चारकै गोरेटोमा प्रदीपले फिल्म निर्देशनको करिअर बनाए ।महजोडी र प्रदीपको पछिल्लो सहकार्य फिल्म ‘महापुरुष’ अहिले हलमा चलिरहेको छ । सकारात्मक प्रतिक्रिया मात्र होइन, फिल्मले बक्स अफिसमा पैसा पनि छापिरहेको छ । हरिवंशदेखि निर्देशक भट्टराईसम्म फिल्मको

फिल्म ‘नीरमाया’को गीत ‘मायाको रङ हुँदैन’मा जातीय विभेदविरुद्धको सन्देश

जातीय छुवाछुतको कथावस्तुमा निर्माण भएको फिल्म ‘नीरमाया’को पहिलो गीत ‘मायाको रङ हुँदैन’ सार्वजनिक भएको छ । रिमेशकुमारको संगीत रहेको गीतमा धर्मेन्द्र सेवान र रेखा शाहको स्वर समावेश छ । उत्तम भेटवालको रचना छ ।गीतमा फिल्मका मुख्य कलाकारहरु जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल र समृद्धि पौडेल चित्रित छन् । रमेश

प्रियंका कार्कीको हरर फिल्म ‘चि मुसी चि’ पुस १५ मा

प्रियंका कार्कीको मुख्य भूमिका रहेको हरर तथा थ्रिलर फिल्म ‘चि मुसी ची’को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै फिल्म पुस १५ गते रिलिज हुने जानकारी दिएका छन् । यो फिल्मको अंग्रेजी नाम ‘इभन डेड डिजायर बिलङ्गिङ’ राखिएको छ । फिल्ममा प्रियंकासहित ऋचा शर्मा, बेनिशा हमाल,

‘महापुरुष’लाई पहिलो साता साढे चार करोड, दोस्रो शुक्रबार पनि सुखद् अकुपेन्सी

हरिवंश आचार्य स्टारर ‘महापुरुष’ले पहिलो साता घरेलु बक्स अफिसमा साढे चार करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । पारिवारिक र सामाजिक कथावस्तुमा आधारित फिल्मको यो कमाइमा काठमाडौं उपत्यकाका मल्टिप्लेक्सको योगदान उच्च छ । दोसो सप्ताहन्तमा फिल्मले झण्डै ६ करोडको आँकडा पार गर्ने प्रक्षेपण छ । ‘महापुरुष’ दोस्रो साता बक्स

राजेन्द्र खड्गीको कमब्याक फिल्म ‘नम्बरी सुन’मा आमेश हिरो बन्ने

राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’को मुख्य भूमिकामा आमेश भण्डारी अनुबन्धित भएका छन् । बिहीबार निर्माता र आमेशबीच लिखित सम्झौता भएको छ । मंसिर ७ गतेदेखि छायांकन सुरु हुने फिल्ममा लामो समयपछि राजेन्द्र खड्गी द्वन्द्व निर्देशकको रुपमा कमब्याक गर्दैछन् । फिल्मका अन्य कलाकारको छनोट भइरहेको निर्देशक राजु गिरीले

फिल्म हलमा रिस्ताको डेटिङ

अभिनेत्री रिस्ता बस्नेत प्रेमी अजयसिंह ठकुरीसँग विवाह बन्धनमा बाँधिने तरखरमा छन् । विवाहको मिति तय नभए पनि यसै वर्षभित्र विवाह गर्ने उनले केही अगाडि बताएकी थिइन् । एक वर्षदेखि अमेरिकामा बस्दै आएका अजय र उनको प्रेम केही साता अगाडि रिलिज भएको फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर सार्वजनिक भएको थियो

प्रिमियरमा सेलिब्रिटीले रुचाए ‘लाखे’, क्लाइमेक्स र एक्सन दृश्यको चर्चा

रिलिजको दुई दिनअघि मल्टिस्टारर एक्सन फिल्म ‘लाखे’को रेडकार्पेट प्रिमियर गरिएको छ । जमलस्थित विश्वज्योति हलमा आयोजित प्रिमियरमा कास्ट एण्ड क्रिउ, फिल्मकर्मी र सञ्चारकर्मी सहभागी रहे । प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै कलाकार र अतिथिले यसको एक्सन पक्षको प्रशंसा गरे । खासगरी क्लाइमेक्स दृश्यलाई पनि सेलिब्रिटीले रुचाए । फिल्म हेरेपछि अभिनेता प्रशान्त
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.