राजेन्द्र खड्गीको कमब्याक फिल्म ‘नम्बरी सुन’मा आमेश हिरो बन्ने - Crazysaptahik.com

राजेन्द्र खड्गीको कमब्याक फिल्म ‘नम्बरी सुन’मा आमेश हिरो बन्ने

राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’को मुख्य भूमिकामा आमेश भण्डारी अनुबन्धित भएका छन् । बिहीबार निर्माता र आमेशबीच लिखित सम्झौता भएको छ । मंसिर ७ गतेदेखि छायांकन सुरु हुने फिल्ममा लामो समयपछि राजेन्द्र खड्गी द्वन्द्व निर्देशकको रुपमा कमब्याक गर्दैछन् ।

फिल्मका अन्य कलाकारको छनोट भइरहेको निर्देशक राजु गिरीले जनाए । करिब ७० वर्षअघिको ऐतिहासिक सामाजिक कथावस्तुमा फिल्म बन्न लागेको उनले बताए । लमजुङको भुजुङ खोला, हेटौंडा र काठमाडौंका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिने भएको छ ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुति, निर्माण, कथा र गीत नारायण खातीको रहनेछ ।सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, प्रमोद खरेल लगायतका गायक तथा गायिकाको स्वर रहनेछ ।

 

सम्बन्धित खवर