नेपाल र चीनका निर्माताको संयुक्त लगानीमा बन्ने फिल्म ‘भृकुटी’को बजेट २० करोड

नेपाल र चीनका निर्माताको संयुक्त लगानीमा निर्माण हुने फिल्म ‘भृकुटी : द ग्रीन स्टार’को बजेट २० करोड रुपैयाँ हुने भएको छ । तीन चिनियाँ कम्पनीले निर्माणमा सहकार्य गर्दैछन् । भदौ ११ गते बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ को क्रममा नेपाली पक्षको तर्फबाट केशवबहादुर कुँवर र बेइजिङ औलिन कल्चर

७०० करोड भारुमा ‘महाभारत’ बन्दै, फाइभ–डी फिल्ममा अक्षयकुमारदेखि अजय देवगणसम्म

भारतमा अहिलेसम्म ‘महाभारत’मा आधारित एउटा मात्र फिल्म बनेको छ, जसमा प्रदीपकुमार, पद्मिनी र दारासिंहले अभिनय गरेका छन् । जी नाडियावालाले यसलाई निर्माण गरेका थिए । ‘हेराफेरी’ र ‘वेलकम’ निर्माण गरेका उनका छोरा फिरोज नाडियावालाले ‘महाभारत’लाई पुनः निर्माण गर्दैछन् । अहिलेसम्म पर्दामा नहेरिएको भव्यता पस्कने उनको तयारी छ । ‘महाभारत’ निर्माण

एमी अवार्डमा रचियो इतिहास : जेन्डाया उत्कृष्ट अभिनेत्री, ली–जङ उत्कृष्ट अभिनेता

टेलिभिजन र ओटीटीतर्फको सर्वोच्च अवार्ड मानिने एमी २०२२ मा दुई इतिहास रचिएका छन् । एचबीओ टेलिभिजनको सिरिज ‘युफोरिया’बाट जेन्डायाले पनि दुई इतिहास रचिन् । पहिलो– अभिनेत्री विधामा जित हासिल गर्ने अहिलेसम्मकै कान्छी एक्ट्रेस र दोस्रो– अभिनेत्री विधामा जित हासिल गर्ने पहिलो अश्वेत अभिनेत्री । ड्रामा सिरिज विधातर्फ नेटफ्लिक्स सिरिज ‘स्क्वीड

टोरन्टो फिल्म फेस्टिभल सुरु, रेडकार्पेटमा चम्किए विश्व स्टारहरु

विश्वकै प्रतिष्ठितमध्येको एक टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल क्यानडामा सुरु भएको छ । अघिल्ला दुई वर्ष कोरोना महामारीले हुन नसकेको फेस्टिभल यसपटक भौतिक जमघटमै हुन लागेको हो । भेनिस फेस्टिभल सकिएको एक सातामै अर्को चर्चित फेस्टिभल सुरु भएको हो । कान्स, भेनिस, ओस्कार लगायतका फेस्टिभलमा जितेका फिल्मले नै ओस्कार अवार्डमा दबदबा

‘बह्मास्त्र’ बन्यो पहिलो सप्ताहन्त सबैभन्दा धेरै ओपनिङ गर्ने हिन्दी फिल्म

रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान’ले बलिउडलाई उद्धार गर्ने स्पष्ट संकेत देखिएको छ । फिल्मको हिन्दी संस्करणले मात्र पहिलो सप्ताहन्त ११० करोड भारु नेट कमाइ गरेको छ । पहिलो दिन ३२ करोड, दोस्रो दिन ३७ करोड र तेस्रो दिनमा ४१ करोड नेट कलेक्सन छ ।

भेनिस फेस्टिभलमा दोस्रोपटक डकुमेन्ट्रीले जित्यो सर्वोत्कृष्ट फिल्मको अवार्ड

दुई साता लामो चम्किलो इभेन्ट अनि ‘डन्ट वरी डार्लिङ्स’ विवादसँगै भेनिस फिल्म फेस्टिभल २०२२ को संस्करण सम्पन्न भएको छ । अगस्ट ३१ देखि सुरु भएको भेनिसको ३१ औं संस्करण फिल्महरुलाई पुरस्कृत गदै गएराति सकिएको हो । १० दिन लामो फेस्टिभलमा ‘डन्ट वरी डार्लिङ’, ‘ह्वाइट नोइज’ र ‘ब्लन्डी’जस्ता चर्चित फिल्महरु प्रिमियर

ब्रह्मास्त्रका लागि कंगनाको करणमाथि हमला : तपाईं झुटो बेच्ने कोसिस गर्नुहुन्छ, बेइमानी गर्न सक्नुहुन्छ, तर फिल्म ?

रणवीर कपुर स्टारर फिल्म ब्रह्मास्त्र रिलिज भएको छ । यो फिल्मले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ । अब यो फिल्मलाई लिएर आफ्नो बयानका कारण चर्चामा रहेकी कंगना रनौतको प्रतिक्रिया आएको छ । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै कंगनाले करण जोहरदेखि अयान मुखर्जीलाई निशाना बनाएकी छिन् । उनले अयान मुखर्जीलाई

रिलिज भएको ३ घण्टामै लिक भयो ’ब्रह्मास्त्र’

रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ब्रह्मास्त्र शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । तर अयान मुखर्जीको फिल्म रिलिज भएको ३ घण्टामै अनलाइनमा लिक भएको छ । ४१० करोडको बजेटमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा एचडी क्वालिटीमा उपलब्ध छ । रिपोर्टका अनुसार ’ब्रह्मास्त्र’ को एचडी प्रिन्ट तमिल रकर्स, मूवीरुल्ज,

के चन्दु चायवालाले छोडेका हुन् ‘द कपिल शर्मा शो’ ?

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । केही दिनअगाडि कृष्णा अभिषेक र भारती सिंहले शो छोडेको खबर बाहिर आएको थियो । अहिले भने शोमा अर्का कलाकार चन्दु चायवाला अर्थात चन्दन प्रभाकरले छोडेको खबर चर्चामा छ । चन्दन प्रभाकर शोमा आफ्नो क्यूट अनुहारका

चर्चित इटालियन निर्देशकले गरे आफू छोरीको रुपमा जन्मिएको खुलासा

विभिन्न फिल्म अवार्ड विजेता इटालियन निर्देशक इमानुएल क्रिएलेसले आइतवार भेनिस फिल्म फेस्टिभलमा उनको आत्मकथापरक चलचित्र ‘एल’ इम्मेनसिता’ प्रस्तुत गर्ने क्रममा उनी छोरीको रुपमा जन्मिएको खुलासा गरेका छन् । पेनेलोप क्रुज अभिनित ‘एल’ इम्मेनसिता’ ले सन् १९७० को दशकमा रोम निवासी इटालियन परिवारको कथा भन्छ । फिल्ममा उक्त परिवारकी जेठी छोरीले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.