एमी अवार्डमा रचियो इतिहास : जेन्डाया उत्कृष्ट अभिनेत्री, ली–जङ उत्कृष्ट अभिनेता - Crazysaptahik.com

एमी अवार्डमा रचियो इतिहास : जेन्डाया उत्कृष्ट अभिनेत्री, ली–जङ उत्कृष्ट अभिनेता

टेलिभिजन र ओटीटीतर्फको सर्वोच्च अवार्ड मानिने एमी २०२२ मा दुई इतिहास रचिएका छन् । एचबीओ टेलिभिजनको सिरिज ‘युफोरिया’बाट जेन्डायाले पनि दुई इतिहास रचिन् । पहिलो– अभिनेत्री विधामा जित हासिल गर्ने अहिलेसम्मकै कान्छी एक्ट्रेस र दोस्रो– अभिनेत्री विधामा जित हासिल गर्ने पहिलो अश्वेत अभिनेत्री ।

ड्रामा सिरिज विधातर्फ नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’ अभिनेता ली–जङ जेले उत्कृष्ट अभिनेताको अवार्ड जिते । दक्षिण कोरियाली अभिनेताको यो पहिलो एमी मनोनयन र जित थियो । नेपाली समयानुसार सोमबार बिहान भएको अवार्ड समारोहमा सक्सेसन, टेड ल्यासो र द ह्वाइट लोटसले प्रमुख अवार्डहरुमा जित हासिल गरे । २५ विधामा एमी बाँडिएको थियो ।

सम्बन्धित खवर