मृत भेटिइन् अभिनेत्री सहाना

मोडल तथा मलयालम अभिनेत्री सहाना मृत भेटिएकी छन् । मिडिया रिपोर्टका अनुसार उनी घरकै बाथरुमा मृत भेटिएकी हुन् । उनले एक दिन पहिले आफ्नो जन्मदिन सेलिब्रेसन गरेकी थिइन् । सहानाको आमाबुबाले छोरी घरेलु हिंसाको सिकार भएको आरोप समेत लगाएका छन् । उनको निधनको सोधपुछका लागि प्रहरीले पति सज्जादलाई हिरासतमा लिएको

सुनिलले नेपालमा ल्याए रणवीरको फिल्म ‘जयशभाइ जोरदार’

पाका नेपाली फिल्म निर्माता तथा वितरक सुनिल मानन्धर खुलेरै विदेशी फिल्म वितरणमा सक्रिय भएका छन् । उनले यशराज ब्यानरमा निर्माण भएको रणवीर सिंह स्टारर बलिउड फिल्म ‘जयशभाइ जोरदार’को नेपाल राइट खरिद गरेका छन् । यो फिल्म आगामी शनिबार नेपालमा रिलिज हुने तयारीमा छ । स्थानीय चुनावको कारण शुक्रबार सिनेमा हल

ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति

हिन्दी फिल्मकी अभिनेत्री ज्याकलिन फर्नान्डिजले बुधबार दिल्लीको पटियाला अदालतमा १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिएकी छिन् । बीबीसी हिन्दीसँगको कुराकानीमा फर्नान्डिसका वकिल अजित सिंहले ज्याकलिन फर्नान्डिसलाई धेरै कामका कारण अबुधाबी, नेपाल र फ्रान्स जान आवश्यक रहेको बताए । त्यसमध्येको एउटा कारण हो, आइफा अवार्ड । अजित सिंहले

‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु

बलिउड फिल्म ‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु भएको छ । जाह्न्वी कपुर र राजकुमार रावको मुख्य भूमिका रहने फिल्मको आज सोमबारबाट सुटिङ सुरु भएको हो । जाह्न्वी र राजकुमार यसै फिल्म मार्फत पहिलो पटक एकसाथ देखिन लागेका हुन् । निर्माता करण जौहरले सामाजिक संजाल मार्फत एक तस्बिर सार्वजनिक

सोनाक्षीले गरेकी हुन् त इन्गेज्मेन्ट ?

बलिउडमा यतिबेला विवाह सिजन चलेको छ । केहीदिन पहिले अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरले लगानगाँठो सकेका थिए, भने हालै साउथ अभिनेत्री नयनतारा र विग्नेशको विवाहको समाचार बाहिर आएको थियो । यसैबीच दबंग अभिनेत्री सोनाक्षी सिन्हाको विवाहको खबरले पनि बलिउड चर्चा पाएको छ । सोनाक्षीले हालै सामाजिक संजालमा केही

प्रभासको ‘प्रोजेक्ट के’ दिशाको इन्ट्री

अभिनेता प्रभासको फिल्म ‘प्रोजेक्ट के’ मा अभिनेत्री दिशा पटानी भित्रिएकी छन् । अभिनेत्री दिशाले नै फिल्म ‘प्रोजेक्ट के’मा आफू भित्रिएको जानकारी सामाजिक संजाल मार्फत बाहिर ल्याएकी हुन् । कलाकारका हिसाबले समेत चर्चामा रहन सफल फिल्ममा दीपिका पादुकोण र अमिताभ बच्चन समेत देखिँदैछन् । फिल्मको निर्देशन नाग अश्विनले गर्दैछन् । समाचारका

‘अवतार–२’को टिजरलाई २४ घण्टामा १४ करोड ८६ लाख पटक हेरियो

सोमबार बेलुका रिलिज भएको जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को टिजरप्रति उच्च क्रेज देखिएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार रिलिज भएको २४ घण्टामै फिल्मको टिजरलाई १४८.६ मिलियन (१४ करोड ८६ लाख पटक) अनलाइनमा हेरिएको छ । डिज्ने र ट्वेन्टिथ सेन्चुरीका अनुसार चीनबाट मात्र २३

‘अवतार २’को ट्रेलर : पान्डोरा ग्रहमा आदिवासी र पृथ्वीबाट गएका मान्छेको संघर्ष

जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार : द वे अफ वाटर’को आधिकारिक टिजर ट्रेलर रिलिज भएको छ । हलिउडको यो बहुप्रतीक्षित फिल्म आगामी पुस १ गते नेपालमा समेत प्रदर्शन हुँदैछ । १ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा काल्पनिक पान्डोरा ग्रहमा त्यहाँका आदिवासीले आफ्नो ग्रह जोगाउन पृथ्वीबाट पुगेका मान्छेसँगको संघर्ष चित्रण गर्छ

सिंगापुरमा ‘द कश्मीर फाइल्स’को प्रदर्शनमा रोक

विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ कोरोना महामारीपछि बक्स अफिसमा सबैभन्दा सफल बन्यो । न्यून बजेटमा निर्माण भएको फिल्मलाई आम दर्शकले चाहिं मिश्रित प्रतिक्रिया दिए । भारतभित्रै ब्लकबस्टर बनेको फिल्मलाई पूर्वी एसियाली मुलुक सिंगापुरले भने प्रदर्शनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मुस्लिम समुदायलाई एकतर्फी रुपमा चित्रण गरिएको

रणवीर सिंहको कमेडी फिल्म ‘सर्कस’ डिसेम्बर २३ मा रिलिज हुने

रणवीर सिंह स्टारर कमेडी फिल्म ‘सर्कस’को रिलिज मिति घोषणा गरिएको छ । रोहित सेट्टीले निर्देशन गरेको यो फिल्म आगामी डिसेम्बर २३ क्रिसमसको दिन पारेर रिलिज हुने भएको छ । यसअघि छायांकन सकिएको फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिनेछन् । ‘सर्कस’मा रणवीरका अलावा पूजा हेगडे, ज्याकलिन फर्नान्डिज, वरुण शर्मा लगायतको मुख्य भूमिका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.