‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु - Crazysaptahik.com

‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु

बलिउड फिल्म ‘मिस्टर एण्ड मिसेज माही’ को सुटिङ सुरु भएको छ । जाह्न्वी कपुर र राजकुमार रावको मुख्य भूमिका रहने फिल्मको आज सोमबारबाट सुटिङ सुरु भएको हो ।

जाह्न्वी र राजकुमार यसै फिल्म मार्फत पहिलो पटक एकसाथ देखिन लागेका हुन् । निर्माता करण जौहरले सामाजिक संजाल मार्फत एक तस्बिर सार्वजनिक गर्दै फिल्मको सुटिङ सुरु भएको जानकारी दिएका हुन् ।

करणले २०२१ मा यो फिल्म घोषणा गरेका थिए । सुटिङको पहिलो दिनको तस्बिर सार्वजनिक गर्दै करण भनेका छन्, ‘‘मिस्टर एण्ड मिसेज माही’ को पुरै टिम मैदानमा ।’ फिल्ममा राजकुमार राव महेन्द्र र जाह्न्वी कपुर महिला क्रिकेटरको रुपमा देखिँदैछन् ।

फिल्म ७ अक्टुवर २०२२ फिल्म रिलिज हुनेछ । शरण शर्माको निर्देशन रहने फिल्म अभिनयका लागि जाह्न्वीले क्रिकेटको ट्रेनिङ पनि लिएकी छन् ।

सम्बन्धित खवर