‘नेपाली फिल्मको अवस्था राम्रो छ’ - Crazysaptahik.com

‘नेपाली फिल्मको अवस्था राम्रो छ’

–  इशक राई , नव नायक

‘आरुसी’ भनेको के हो ?
– ‘आरुसी’ भनेको नेपालीमा ठ्याक्कै भन्नुपर्दा चमक्क–चम्किने कुरा हो । यसको अर्थ सबैतिर चम्किएर अगाडि बढ्ने भन्ने आरुसी शब्दको शाब्दिक अर्थ हुन्छ ।
नवनायक बनेर कस्तो फिल गदैहुनुहुन्छ ?
– हिजोसम्म मोडल/गायक बनेर समाजमा परिचित बनेको थिए । तर आज नेपाली चलचित्र नायकमा पनि मेरो नाम थपेको छ । त्यसैले म ज्यादै खुसी छु । मैले आशा लिएर यस क्षेत्रमा आएको
छु । त्यो त चलचित्र कस्तो बन्छ, मेरो आशा–अभिलाषा त्यहाँबाट प्रष्टिन्छ ।
यो कस्तो खालको फिल्म हो ?
– यो फिल्म साङ्गीतिक प्रेम कथामा आधारित फिल्म हो । गीत सङ्गीतमा सङ्घर्ष गर्ने प्रेमलाई आधारित बनाएर त्रिकोणात्मक प्रेमको कथा यस फिल्ममा पाइन्छ । त्यसमा विछोडिएको प्रेम कथालाई यस फिल्ममा पस्कन खोजिएको छ ।
अबका दिनमा तपाई गायक/मोडल भन्दा पनि नायक भन्न रुचाउनु हुन्छ ?
– सबभन्दा पहिला त म गायक/मोडल बनेर यस क्षेत्रमा आएको ब्यक्ति हुँ । नायक भन्दा पनि म विशेष कलाकार भन्न रुचाउँछु । कलाकार बनेर आफूलाई सबैको माझ चिर परिचित गराउन चाहान्छु ।
यो फिल्मको प्रदर्शन कहिले हुन्छ ?
– यो फिल्म अष्ट्रेलियामा करिब ३/४ हप्ता छायाँकन गरेपश्चात यसको छायाँकन पूरा हुन्छ । त्यसपछि नयाँ वर्ष २०७६ बैशाख १ गतेबाट नेपाल अधिराज्यभरि प्रदर्शनको तयारी गर्ने भनेर निर्माणपक्ष जुटिरहेको छ ।
नेपालमा नेपाली फिल्मको अवस्था चाहि कस्तो छ त ?
– हेर्नुहोस्, पहिला नेपाली फिल्म कम बन्थे । अहिले पहिलेको तुलनामा नेपाली फिल्महरु ज्यादै बन्दछन् । नेपाली फिल्मका दर्शकहरु पनि पहिलेभन्दा अहिले निकै बनेका छन् । नेपाली दर्शकहरु नेपाली फिल्मलाई धेरै माया गर्नुभएको छ । अहिले नेपाली फिल्मको अवस्था राम्रो छ ।
यो फिल्मको रोलबाट कतिको सन्तुष्टि पाउनु भएको छ त ?
– यो फिल्मबाट मैले आफूले चाहेको रोल पाएको छु । मलाई सुवाउने रोल यस फिल्मले मलाई दिएको छ । मैले गर्न चाहेको देखाउन खोजेको रोल यस फिल्ममा पाएको छु । त्यसैले मेरो यस फिल्ममा भनेजस्तो सन्तुष्टि पाएको छु ।
अन्त्यमा केही भन्नु छ ?
– यस फिल्म अलावा अब दुई/तीन वटा फिल्ममा पनि मैले काम गर्ने अवसर पाएको छु । प्रथम डेब्यु गरेको यस फिल्म मार्फत मैले धेरै कुराहरुको आशा गरेको छु । त्यसमा पनि राम्रो काम गरेर देखाउने प्रयत्न गर्ने छु । तपाईहरुको सहयोग पाएर यस क्षेत्रमा आएकोले, भविष्यमा केही राम्रो गर्ने अपेक्षा राख्दछु । तपाईले यस मिडिया मार्फत केही कुरा राख्ने मौका प्रदान गर्नुभएकाले समस्त मिडिया टिमलाई मुरी–मुरी धन्यवाद दिन चाहान्छु ।

– प्रस्तुति : भूमिप्रसाद पाठक

सम्बन्धित खवर