‘मंसिर १५’’ले पायाे मिलियन भ्यू , यस्ताे छ अनुपविक्रम र वर्षाको रोमान्स (भिडियाे सहित) - Crazysaptahik.com

‘मंसिर १५’’ले पायाे मिलियन भ्यू , यस्ताे छ अनुपविक्रम र वर्षाको रोमान्स (भिडियाे सहित)

काठमाडौँ / चलचित्र ‘पुरानो बुलेट’को ‘मंसिर १५’ ले एक मिलियन बढी भ्यू पाएकाे छ । नायक अनुपविक्रम शाही र नायिका वर्षा शिवाकोटीले अभिनय रहेकाे यस चलचित्र ‘पुरानो बुलेट’को याे गीत १० लाख १८ हजार भन्दा धेरै पटक हेरिएको छ । क्रेजी इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्रको ‘मंसिर १५…’ गीत हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो।

उत्तमजङ लिम्बु र मेलिना राईको स्वर रहेको गीतमा राम भट्टराईको शब्द, महाराज थापाको संयोजन र उत्तमजङ लिम्बूकै संगीत रहेको छ। मोरङको गोकुलममा छायांकन गरिएको गीतमा कोरियोग्राफी प्रशान्त तामाङको रहेको छ। भीषण राईको निर्देशनमा तयार भएको चलचित्रमा अनुप र वर्षासँगै माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखिया, भरत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, मात्रिका पौडेल, लक्षणा राई लगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रलाई अशोककुमार राई, टीकाराम राई, वीरेन साम्बा, दीपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका छन्। चलचित्रका कार्यकारी निर्माता सन्तोष राई हुन्। चलचित्र चैत्र १ गतेबाट प्रदर्शन आउने निर्माण पक्षले जानकारी दिएको छ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.