चलचित्र ‘दी ब्रेकअप’को ट्रेलर - Crazysaptahik.com

चलचित्र ‘दी ब्रेकअप’को ट्रेलर

नेपाली कथानक चलचित्र ‘दी ब्रेकअप’को ट्रेलर भर्खरै रिलिज भएको छ । चलचित्र निर्माण युनिटले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर रिलिज गरेको हो । हेमराज विसीद्वारा निर्देशित ‘दी ब्रेक अप’ रुपक थापा, रेणु राणा दीपक खतिवडा र हेमराज विसीले निर्माण गरेका हुन् । विसी मोशन पिक्चर र ह्याप्पी प्लानेट फिल्मस्को संयुक्त ब्यानरमा चलचित्र निर्माण भएको हो । केही पार्ट अष्ट्रेलियामा सुटिङ भएको भनिएको यस चलचित्र आगामी फाल्गुण १७ गते प्रदर्शनमा आउ“दैछ । चलचित्रमा कलाकारहरु आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लगायतका अभिनय गरेका छन् ।
यसअघिका चलचित्रमा अनमोल केसीलाई हिरो बनाएका निर्देशक विसीले यस चलचित्रमा भने अनमोलकै चलचित्र ‘क्याप्टेन’संग एकैदिन रिलिज मिति तय गरेका कारण यसलाई कतिपयले अनमोलसंग भिडाइएको समेत भनेका छन् । निर्देशक विसीले प्राविधिक समस्याका कारण यसअघि भनिएको समयमा रिलिज गर्न नसकिए पनि अहिले यसबीचमा धेरै बिदा भएको र दुइवटा फिल्म चल्नेसक्ने देखेर सो मिति तोकिएको बताए । क्याप्टेनसंग भिडाइएको रूपमा यसलाई नबुझियोस् । अनमोल मेरो एकदमै राम्रो छ हामी बीचमा कुनै पनि समस्या छैन’, उनले भने, ’म कसैसँग जुध्न गएको होइन त्यो समयमा राम्रो चल्न सक्ने समय देखे, यसबीचमा बिदाहरू परेको छ त्यसकारण यही मिति रोजेको हो ।’

भिडियो हेर्नुहोस :

सम्बन्धित खवर