महेन्द्रको 'म जन्मेको गाउँघर...' (भिडियो सहित) - Crazysaptahik.com

महेन्द्रको ‘म जन्मेको गाउँघर…’ (भिडियो सहित)

गायक महेन्द्र राईको ‘म जन्मेको गाउँघर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेन्द्रले सो गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल महेन्द्र एण्ड दिपा मार्फत सार्वजनिक गरेका हुन् ।

बिरेन्द्र तामाङको शब्द रहेको गीतमा महेन्द्र राईकै संगीत छ । गीतका एरेन्जर फडिन्द्र राई हुन् । गीतमा आफ्नो गाउँको मज्जाले बयान गरिएको छ भने, गाउँ भन्दा टाढा भएको अबस्थामा आउँने यादलाई प्रस्तुत गरिएको छ । म्यूजिक भिडियोमा महेन्द्र राई, विष्णु तामाङ, दिपा तामाङ र माङ्गेना लिम्बुले अभिनय गरेका छन् । भिडियोलाई कलात्मक तरिकाले छायांकन/निर्देशन भूपेन्द्र लिम्बु तुम्वाहाम्फेले गरेका छन् भने सम्पादन विकास धमलाको रहेको छ । ‘म जन्मेको गाउँ घर’ बोलको गीतको भिडियो निकै आकर्षक र सत्य घटनाहरुलाई दर्शाउने गरी बनाइएको हो’–निर्देशक भूपेन्द्र लिम्बु तुम्वाहाम्फे भने ।

म्यूजिक भिडियो :

सम्बन्धित खवर