शान्ति बनिन् लेट मिइन मिसेस - Crazysaptahik.com

शान्ति बनिन् लेट मिइन मिसेस

काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बुले आफ्ना २२ प्रतियोगी‘ लेट मिइन मिसेस ब्यूटी क्विन २०१९ को ताज पहिरिएकी छिन् । कमलादीस्थित शनिबार प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बुले ताज जितेकी हुन् । योसँगै उनले ‘पर्सनालिटी अवार्ड’ पनि प्राप्त गरिन ।

सिजन मिडियाको आयोजनामा भएको मिसेस ब्यूटी क्वीन नेपालको दोस्रो संस्करणको प्रतियोगितामा २२ प्रतियोगीमध्ये छानिएका उत्कृष्ट १० आमालाई तपाईंको विचारमा सफल वैवाहिक जीवनका लागि महत्वपूर्ण कुराहरू के हुन सक्छन् भन्ने जिज्ञासाको जवाफमा प्रतियोगी नम्बर २४ की लिम्बुले भनिन् मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एकअर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुन सक्छु ।

ताजसँगै उनले नगद ५० हजार र लेट्स सुजुकी स्कुटर सहित दुबई यात्राको दोहोरो हवाई टिकट प्राप्त गरेकी छिन् । प्रतियोगितामा काठमाडौँ ज्ञानेश्वरकी ३० वर्षीया मनिशा विमली फष्ट रनर अप र काठमाडौँ सानो भर्याङकी ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनर अप हुन सफल भइन् । यस्तै क्रमशः थर्डरनरअप पार्वती खत्री, फोर्थ रनरअप विजया काफ्ले, क्रमश प्रमिला मण्डारी, कल्पना आचार्य, मेनुका श्रेष्ठ,समेनु वराल, र नवौं रनरअप अम्विका थापाले हात पार्न सफल भए। प्रतियोगितामा पूजा रसाइलीले व्यूटिफूल अवार्ड, शोभा गिरीले कन्फिडेन्ट अवार्ड र सुस्मिता गिरिले एन्जल हर्ट अवार्ड प्राप्त गरिन्। यस्तै कविता ओझाले क्रियटिभ अवार्ड, अम्विका थापाले भ्यूअर्स च्याइस अवार्ड र चेसाङ लामाले मोष्ट पपुलर, अर्गनाजर च्वाइस र मल्टिमिडिया अवार्ड प्राप्त गरे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.