पथरीमा द भ्यवाइस अफ नेपाल लाइभ इन म्युजिकल कन्सर्ट हुने - Crazysaptahik.com

पथरीमा द भ्यवाइस अफ नेपाल लाइभ इन म्युजिकल कन्सर्ट हुने

पिस ल्याम्प इन्टरनेशनल प्रा.लि. काठमाडौले पथरीमा द भ्वाइस अफ नेपाल लाइभ इन म्युजिकल कन्सर्ट गर्ने भएको छ । आयोजकले पथरीशनिश्चरेमा एक प्रेस मिटको आयोजना गरी माघ २५ गते कन्सर्ट गर्न लागेको बारे सञ्चारकर्मीहरुलाई जानकारी गराएको थियो ।

पथरीशनिश्चरे–१ जाँतेमोडमा अवस्थित रंगशालामा हुने कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारी, फस्ट रनअफत्रय कुशल आचार्य, सप्तक दुदराज, श्रीजय थपलिया, टप ८ पर्न सफल सुरेश क्षेत्री, श्रेया राई, विवेक वाइवा, अनु शाक्यले मनोरञ्जन प्रदान गर्ने प्रालिका मेनेजिङ डाइरेक्टर अनुप लामाले जनाएका छन् । यो प्रालिको दोस्रो प्रस्तुति हो ।

सम्बन्धित खवर