बिकम बारुलौंमा नग्मा र बादलको केमेस्ट्री - Crazysaptahik.com

बिकम बारुलौंमा नग्मा र बादलको केमेस्ट्री

गायक तथा संगीतकार देव गुरुङको एकताका चर्चित गीत ‘बिकम बारुलौं…’ को रिमेक भर्सनकोे म्यूजिक भिडियो सार्वजानिक गरिएको छ ।

जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सो गीत सार्वजानिक गरिएको हो । म्यूजिक भिडियोमा मोडलद्वय बादल श्रेष्ठ र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । मोरङको जाँते र मिक्लाजुङमा छायांकन गरिएको सो भिडियोमा कोरस राखनेर शिव श्रेष्ठले कोरिग्राफी गरेका हुन् ।

गीतको रचना/संगीत/गायन देव गुरुङले सम्हालेका छन् । चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । सन्तोष राईको निर्देशन रहेको यस गीतलाई आर.बी. स्टुडियो काठमाडौं र काब्य स्टुडियो दमकमा रेकर्ड गरिएको हो ।

गाउँले परिवेशको यस म्यूजिक भिडियोमा देवराज सिग्देलको छायांकन, महेश सिग्देलको मेकअप र दिनसन साहको सम्पादन रहेको छ । यस गीतलाई म्यूजिक भिडियो र चलचित्र निर्माणमा सक्रिय रहँदै आएको क्रेजी इन्टरटेमेन्टले निर्माण गरेको हो ।

म्यूजिक भिडियो :-

सम्बन्धित खवर