हास्य टेलिश्रङखला ‘खस खस’ सार्बजनिक (भिडियो सहित) - Crazysaptahik.com

हास्य टेलिश्रङखला ‘खस खस’ सार्बजनिक (भिडियो सहित)


क्रेजी साप्ताहिक । निराजन पाण्डेको निर्देशनमा बनेको नेपाली हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ५ युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीमार्फत यसलाई सार्वजनिक गरीएको हो । यसका निर्देशक निराजन पाण्डे हुन ।

दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियो, टेलिश्रृंखलाहरु अपलोड गर्ने क्रममा आज हास्य टेलिश्रृंखला खस खसको भाग ५ सर्ब्जिनिक गरेको छ । दर्सकहरुलाई मनोरन्जन दिने उद्देश्यले राष्ट्रियता टिभी प्रत्येक शुक्रबार साँझ ७:४५ मा उक्त टेलिश्रृंखला सार्बजनिक गर्ने गरेको छ । उक्त सिरियललाई विकास कार्की र मनिसा त्रिपाठीले निर्माण गरेका हुन् । सिरियलमा मुकुन्द मैनाली, निराजन पाण्डे, बिकास कार्की, बि.एम. थापा, मुना के.सी., निता क्षेत्री, सन्दिप वाग्ले, आर.के. तामाङ, साजन खड्का, नबराज ढकाल, भिम खड्का, लवली बिपु, अम्बिका के.सी, मनिसा त्रिपाठी, लगायतको अभिनय रहेको छ ।

आशा तामाङले कलाकारहरुलाई श्रृगारेकी छिन् भने पवन भुजेल र बिवेश भुजेलले छायांकन तथा सम्पादन गरेका हुन् । उक्त सिरियलको कथा लेखन निर्देशक पाण्डेलेनै गरेका हुन् । भिडियोमा कलाकारहरुले गाउ घरमा घट्ने साना साना घटनाहरुलाई निकैनै कलात्मक रुपमा प्रस्तुत गरेका छन् । भिडियोमा माया प्रेम के हो ? आफुले मन पराको मान्छेले छाडेर जादा कस्तो पिडा हुन्छ, त्यो बिषयमा हास्य सैली बाट संन्देश दिन खोजिएको छ ।

हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?v=OcVCv5ksGqQ&feature=emb_title&fbclid=IwAR2GD41uSS34jIFpQsHWcLmlOH0-bfGjxNGHKgeL9gfxqXWuEoLxk0nRDJ0

सम्बन्धित खवर