के हुन सक्ला उपसभामुखको राजिनामा मागको कारण? - Crazysaptahik.com

के हुन सक्ला उपसभामुखको राजिनामा मागको कारण?


प्रेमप्रसाद भटराई(के.डी)
बलात्कारको आरोप खेपेर सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि सो पद अहिले खालि रहेको छ । अनुसन्धाको क्रममा प्रहरी हिरासतमा रहेका महराकाको सो पद (सभामुख) मा कसलाई राख्ने भन्ने विषयमा तत्कालीन नेकपा एमाले र माओबादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा अहिले बहसको विषय पनि बनेको छ । लामो समयसम्म पनि नेकपाले उक्त विषयको टुङ्गो लगाउन नसक्दा यतिबेला संसद सभामुखबिहिन बनेको छ ।

सोहि बिषयको टुङ्गो लगाउन पटक पटक बसेको पार्टीको बैठकले सभामुख तोक्न तत्कालीन दुुवै पाटीका ब्यक्तिहरुको नामावली लिए पनि हालसम्म टुङ्गो नलाग्दै उपसभामुखको राजिनामा मागेपछि यो विषयले अहिले थप चर्चा पाएको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फे तत्काल राजिनामा दिने मनस्थितिमा नरहे पनि पार्टीले उनलाई दबाब दिने बुझीएको छ । शनिबार प्रधानमन्त्रि निवासमा बसेको बैठकपछि नेकपाका नेताहरुले सो संकेत देखाएका हुन् । यद्यपी बैठकमा प्रधानमन्त्री ओली भने उपस्थिती नभएपनि उनको सहमतिमै निर्णय गरिएको नेताहरुले बताए ।

सभामुख पदको टुङ्गो लगाउन नसक्दै उपसभामुखको राजिनामा मागको अर्थ के होला ? तत्कालीन दुई पाटीको अडानका कारण एकले सभामुखको लागि नया अनुहार ल्याउने र अर्कोले पनि उपसभामुखको लागि नया अनुहार ल्याउने बिचार पनि हुन सक्छ । हैन भने के उपसभामुख अयोग्य होलिन त ? पाटीको निर्णप्रति असहमती जनाउदै उनले पनि यहि प्रश्न गरेकी छिन । वास्तवमा यो प्रश्न जायज पनि देखिन्छ । नेपालको राजनितिमा प्रचण्डलाई चतुर खेलाडी मानिन्छ । उनले आफ्ना नातागोताका सबैलाई उच्च पदमा राखेर परीवारको लागि राजनिति गरेजस्तो भयो भनेर बेला बेला सामाजिक संजल समेत रंगिने गरेको छ । वास्तवमा त्यस्तै देखिएको पनि छ ।

पाटीमा सभामुखको टुङ्गो नलाग्दै उपसभामुखको राजिनामा मागले आम जनतामा यहि शंका पदा भएको छ कि कतै उपसभामुखको राजिनामा पछि प्रचण्डकै निकट तथा नाताकै मान्छेका लागि सो पद दिएर तत्कालीन एमालेले सभामुख लिन त हैन? विचार सहि पनि हुन सक्छ त्यो भोली देखिने कुरा हो । तर हालसम्मको प्रचण्डको चतुर्याइ हेर्दा यो नहोला भन्न सकिन्न ।

सम्बन्धित खवर