‘ठूला कुरा गर्दिन,जे भन्छु त्यो पूरा गर्छु’– भगवती चौधरी - Crazysaptahik.com

‘ठूला कुरा गर्दिन,जे भन्छु त्यो पूरा गर्छु’– भगवती चौधरी

क्रेजी संवाददाता
इटहरी । सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगबती चौधरीले पूरा गर्न नसकिने आश्वासन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।
इटहरीमा सुनसरीका बुद्धिजिवीहरुसँग भन्नुभयो–‘म ठूलठूला तर पूरा हुन नसक्ने झुठा आश्वासन दिन्न तर जे प्रतिबद्धता जनाँउछु त्यो पूरा गरेर देखाँउछु ।’ चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै १० नमूना क्षेत्र मध्ये एउटा नमूना क्षेत्रका रुपमा विकास गर्ने आफू सँग स्पष्ट योजना रहेको सुनाउनुभयो ।
अघिल्लो चुनाबमा काँग्रेसका बिजय गच्छदारलाई ५हजार १सय ८८ मतान्तरले पराजित गरेकी चौधरीले तीन वर्षको अवधिमा करिब सवा अर्बको विकास बजेट ल्याएको बताउनुभयो । ती मध्ये धेरै योजना पुरा भएका,केहि संचालनमा रहेका र केहि अधुरा रहेकाले पूरा गर्ने जिम्मेवारी सुम्पन आग्रह गर्नुभयो ।
अहिले सम्म २ हजार बढिलाई रोजगार दिलाएको जानकारी गराउदै चौधरीले कम्तिमा ५ हजार युवाहरुलाई आफ्नै घरमा बसेर पैसा कमाउन सक्ने बनाउने योजना सुनाउनुभयो । उहाँले २७५ एकल,दलित,बिपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गरिसकेको बताउनुभयो । दुई बर्षमा अरु ४ सय बिपन्न परिबारलाई घर बनाइदिने प्रतिबद्धता जनाउनुभयो ।
अन्तरक्रियामा सहभागी बुद्धिजिवीहरुले भगबती चौधरी स्वच्छ छबीको रहेको भन्दै प्रशंसा गरेका छन । उहाँलाई पूरा गर्न नसकिने कुरा नगर्न,अरु उम्मेदवारको आलोचना नगर्न बरु आफूले गरेका कामको जानकारी घर घर पुरयाउन सुझाब दिएका छन् । बुद्धिजिबीले हेर्दा सानो तर परिणामुखी काम गर्न सुझाएका छन् । एमाले उम्मेदवार चौधरीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु अघि बुद्धिजिबीसँग परामर्श गर्नुभएको हो । कार्यक्रममा तीन दर्जन बढी एमाले मात्र नभएर अन्य दलप्रति आस्था राख्ने र स्वतन्त्र बुद्धिजीबीको सहभागिता थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.