प्रहरीसँग आक्रेशित बनिन आवस्था - Crazysaptahik.com

प्रहरीसँग आक्रेशित बनिन आवस्था


क्रेजी साप्ताहिक । हक्की स्वभावकी गायिका आस्था राउत कुनै पनि कुरामा बोल्न पछि हट्दीनन् । हालैमात्र, एक विमानस्थलमा चेकिङका क्रममा एउटी महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै उनी नेपाल प्रहरीप्रति आक्रोशीत बनेकी छिन् ।

आक्रोशले भरिएको उनको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनीरहेको छ । चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित बनेकी हुन् । उनले भनेकी छिन–‘मेरो हातमा कफी थियो । यसैले, मैले आफै चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’ प्रहरीका ठूला पोष्टमा बस्नेहरुलाई मात्र हजुर हजुर भनेर सम्बोधन गर्ने तर साधारण जनतालाई सम्मान नगर्ने बानी हटाउन उनले नेपाल प्रहरीसँग आग्रह गरेकी छिन् । गायिका आस्थाले भिडियोमा भनेकी छिन् –‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, कस्तो हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’ उनले, प्रहरीको यूनिफर्म लगाएको भरमा सर्वसाधरणलाई धम्काउन नमिल्ने बताएकी छिन् ।

उनले भनिन् ‘माथिल्लो पोष्टको प्रहरीेहरुले सिपाही, हवल्दारलाई संकार दिनुहोला । हजुरहरुलाई मात्र होइन, अरुलाई पनि हजुर भन्न सिकाउनुहोस् । ‘तँ’ भनेको हामी सहँदैनौ । घरकै बाबु आमाले त अहिलेसम्म ‘तँ’ भनेका छैनन् । सम्मान गर जनतालाई । तिमीहरुलाई सम्मान चाहिन्छ भने अरुलाई पनि सम्मान गर ।’ आक्रोशित शैलीमा उनले भनेकी छिन्–‘गल्तीविना कसैलाई तँ तँ भनेर सिकाउने काम नगर । नालिका किराहरुलाई कहिले सिकाउने हो ?

सम्बन्धित खवर