आयो ‘लभ डायरिज’को टिजर - Crazysaptahik.com

आयो ‘लभ डायरिज’को टिजर

प्रेम कथामा आधारित निर्माण भएको फिल्म हो ‘लभ डायरिज’ । आगामी फागुन २ गते प्रदशर््न मिति तय भएको फिल्मको टिजर सार्वजनिक गरिएको छ ।

सौरभ चौधरीको निर्देशन रहेको फिल्मको टिजर थिम नै टाइटलमै केन्द्रित छ । टिजरमा फिल्मका मुख्य दुई पात्र सुशील श्रेष्ठ र रुबिना थापा बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहील खान सह निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ ।

सम्बन्धित खवर